बेलायतमा निधन भएका नेपाली विद्यार्थीको सम्झनामा श्रद्धान्जली सभा

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०५, शुक्रबार

15
Share
Featured
  • विद्यार्थी योमन चन्दको लन्डनको एजवेयरस्थित डेरामा निधन भएपछि केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा श्रद्धान्जली सभा आयोजना गरियो, जहाँ परिवार, साथी तथा नेपाली समुदायको उपस्थिति थियो।
  • शव नेपाल पठाउन करिब २० हजार पौण्ड विभिन्न संघ–संस्था र व्यक्तिबाट छोटो समयमा संकलन गरियो, जसमा बन्र्टओक नेपाली समाज, एनआरएनए यूके लगायतका संस्थाको महत्वपूर्ण भूमिका रह्यो।
  • २६ वर्षीय चन्द युनिभर्सिटी अफ हर्टफोर्डसायरमा एमएस्सी अध्ययनरत थिए र सर्टिफिकेट लिन तयार भइरहेका बेला निधन भएको भन्दै, उनको शव कतार एयरवेजमार्फत नेपाल पठाइने र सल्यानस्थित गाउँमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


गत साता लन्डन, एजवेयरस्थित आफ्नै डेरामा निधन भएका विद्यार्थी, योमन चन्दको सम्झनामा श्रद्धान्जली सभा आयोजना गरी उनलाई अन्तिम बिदाइ गरिएको छ ।

केन्टनस्थित डिभिनिटी फ्युनरल केयरमा बिहीबार अपरान्ह आयोजित सभामा स्व चन्दको परिवारका सदस्य, साथीहरु, पूर्व सहकर्मी तथा नेपाली समुदायका अगुवाहरुको सहभागिता थियो ।

श्रद्धान्जली व्यक्त गर्दै बन्र्टओक नेपाली समाजका अध्यक्ष खमिर जंग गुरुङले उच्च अध्ययनका लागि ठूलो सपना बोकेर बेलायत आएका विद्यार्थी योमनको निधन उनको परिवार मात्रै नभएर समुदायकै क्षति भएको बताए ।  

उनले परिवारको आग्रह अनुसार स्व योमनको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद दिए । बन्र्टओक नेपाली समाजका उपाध्यक्ष मुरारी थापाले छोटो समयमै विभिन्न संघसंस्था तथा व्यक्तिबाट करिब २० हजार पौण्ड (झन्डै ३७ लाख रुपियाँ) बराबरको सहयोग संकलन भएको जानकारी दिए ।

एम्पल इन्टरन्याशनल एडुकेशनका निर्देशक प्रमोद अधिकारीले आफु सन् २०१० मा विद्यार्थीको रुपमा युनाइटेड किंगडम आएको स्मरण गर्दै स्व योमनको निधनबाट आफुहरु मर्माहत भएको बताए । उनले दुखको घडीमा एक नेपालीले अर्को नेपालीलाई सहयोग गर्नु पर्ने पनि बताए ।

गैर‑आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले मर्दापर्दा सहयोग गर्ने नेपाली संस्कृति नै भएको भन्दै स्व योमनको शव नेपाल पठाउन पारदर्शी रुपमा सहयोग संकलन गरिएको र बेलायतस्थित नेपाली समुदायबाट छोटो समयमै उल्लेख्य सहयोग प्राप्त भएको बताए ।  

उनले अर्थ संकलनमा विशेष सहयोग गरेका बन्र्टओक नेपाली समाज, हार्लो नेप्लिज कम्युनिटी, नेप्लिज ब्रिटिश कम्युनिटी, राप्ती समाज युके, ठकुरी समाज युके, एनआरएनए स्कटल्याण्ड, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्डका विद्यार्थीहरु, सुदूर पश्चिम विद्यार्थी समाज  लगायत सम्पूर्ण संघसंस्था तथा सबै सहयोगीहरुलाई धन्यवाद दिए । 

एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका वडा नं ३  निवासी  योमन चन्दको गत मंगलबार (११ नोभेम्बर) आकस्मिक  निधन भएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायर, ह्याटफिल्डमा एमएस्सी कम्युनिकेसन्स एण्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका २६ वर्षीय चन्दले आफ्नो पढाइ पुरा गरेर गत साता नै सर्टिफिकेट लिने योजना बनाएका  थिए ।

उनको शव शुक्रबार कतार एयरवेजबाट काठमाडौँ पठाइने र त्यसपछि सल्यानस्थित आफ्नै गाउँमा लगेर अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ ।

यो समाचारमा

दार्मा गाउँपालिकायुनाइटेड किंगडमकतारलन्डन
स्कटल्याण्ड7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...