नेप्से करिब स्थिर अवस्थामा, कारोबार रकममा भने सामान्य सुधार

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

20
Share
Featured
  • बिहीबार नेप्से परिसूचक करिब स्थिर रहँदै २५६०.१५ विन्दुमा रोकियो, सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इण्डेक्समा सानो घटावट।
  • चार स्टक (धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी, सागर डिस्टिलरी) सकारात्मक सर्किटमा, सिन्धु विकास बैंक ९% भन्दा बढी बढ्यो; बुङ्गल हाइड्रो ९.०५% घट्यो।
  • कारोबार रकममा बुङ्गल हाइड्रो, साहस उर्जा, दरमखोला इनर्जी र माबिलुङ हाइड्रो सबैभन्दा बढी, होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी १.१६% ले बढ्यो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक करिब स्थिर अवस्थामा देखिएको छ । यसदिन ०.९३ अंकको झिनो मात्रामा घटेको नेप्से करिब स्थीर हुँदै २५६०.१५ विन्दुमा रोकिएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ ।

बुधबार ३ अर्ब ७७ करोड ८६ लाख ३२ हजार ७७१ रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३ सय ७३ कित्ता शेयर कारोबार भएको बजारमा यसदिन कुल ३२८ स्टकको ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ रुपैयाँ बराबरको १ करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर कारोबार भएको छ । कुल ६६ हजार ७९ पटकको कारोबारमा उक्त किनबेच भएको हो ।

यसदिन नेप्से घटेपनि कारोबार रकममा भने सामान्य अंकको वृद्धि देखिएको छ । यसदिन चार स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । धौलागिरि लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी र सागर डिस्टिलरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यस्तै, सिन्धु विकास बैंकको शेयर पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यसदिन बुङ्गल हाइड्रो पावरको शेयर सबैभन्दा बढी ९.०५ प्रतिशतले घटेर प्रतिकित्ता ५८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, सानिमा ग्रोथ फण्डको शेयर पनि ५.७६ प्रतिशतले घटेको छ ।

यसदिन कारोबार रकमका आधारमा बुङ्गल हाइड्रो, साहस उर्जा, दरमखोला इनर्जी र माबिलुङ हाइड्रोको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बुङ्गल हाइड्रोको शेयर प्रतिकित्ता ५८९ रुपैयाँको दरले ७ हजार ३३३ कित्ता शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यसदिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१६ प्रतिशत बढेको छ ।

त्यस्तै, यस दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । यस दिन घटेका उपसमूहहरुका गिरावटदर १ प्रतिशतभन्दा कम रहेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...