एमाले सचिवालय बैठक आज, के-के छन् छलफलका एजेण्डा ?

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०४, बिहिबार

11
Share
Featured
  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने छ, जसले आगामी ११औँ राष्ट्रिय महाधिवेशनसम्बन्धी निर्णयहरू गर्नेछ।
  • मंसिर २७–२९ मा काठमाडौँमा हुने महाधिवेशनका लागि मंसिर १३ मा एकदिनमै प्रतिनिधि छनोट गर्ने तयारी तथा शनिबार काठमाडौँमा हुने प्रदर्शनबारे पनि बैठकमा छलफल हुनेछ।
  • जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टी कार्यालय मर्मतपछि सचिवालय बैठक पहिलोपटक च्यासलमै बस्दैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक बिहीबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो। 

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले महाधिवेशन सम्बन्धी निर्णय गर्नेछ। ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीले बैठक डाकेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए। 

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुँदैछ। यस लागि एमालेले मंसिर १३ गते एकै दिन प्रतिनिधि छनोट गर्दैछ। त्यसबाहेक पार्टीले शनिबार काठमाडौँमा गर्ने प्रदर्शनबारेमा समेत बैठकमा छलफल हुने अधिकारीले बताए।

एमालेले प्रतिनिधि सभा पुनः स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने बताउँदै आएको छ। 

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कार्यालयमा मर्मतपछि पहिलोपटक बिहीबार सचिवालय बैठक लागेको हो। यसअघि भक्तपुरको गुण्डुस्थित अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको निवासमा बैठक बस्ने गरेको थियो।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...