हाप्साले ल्यायो आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिट एप

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०३, बुधबार

20
Share
Featured
  • हाप्सा नेपालले दरबार हाई स्कूल, काठमाडौँमा पहिलोपटक शिक्षक र विद्यार्थीलाई सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्यो।
  • तालिमसँगै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिट मोबाइल एपको उद्घाटन गरिएको छ, जसले नेपाली भाषामा आपतकालीन उपचार सम्बन्धी सरल भिडियोहरू प्रदान गर्छ।
  • तालिममा ५० जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सत्रमा भाग लिए, कार्यक्रमले नेपालका विद्यालय र समुदायमा आपतकालीन तयारी सुदृढ गर्ने लक्ष्य राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


हाप्सा नेपालले दरबार हाई स्कुल काठमाडौँमा शिक्षक तथा विद्यार्थीहरुलाई प्रशिक्षण स्वरूप पहिलोपटक सिपीआर र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको उद्घाटन गरेको छ ।

बुधबार हाप्सा नेपाल द्वारा दरबार हाई स्कूल, रानीपोखरीमा आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिटको मोबाइल एपको एक कार्यक्रमका बिच औपचारिक उद्घाटन गर्दै पहिलोपटक सार्वजनिक विद्यालयमा हातले मात्र दिईने सिपीआर र चोकिंग तालिम सम्पन्न गरिएको हो ।

यसले नेपालका विद्यालयहरु र समुदायहरुमा आपत्कालीन तयारी सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण माइलस्टोन स्थापित गर्ने लक्ष्य हाप्साले लिएको छ ।

हाप्सा नेपाल द्वारा, ’सडक साथी’ नामको संस्थाको प्राविधिक सहयोगमा विकसित यस सिइआरटी एपले नेपाली भाषामा आपत्कालीन र चोटपटको हेरचाहका सरल, व्यावहारिक भिडियोहरु प्रदान गर्नेछ । 

यस एपमा घाँटीमा कुनै वस्तु अड्किएर निसासिदाको प्रार्थमिक उपचार (चोकिंग), रक्तश्राव नियन्त्रण, जलन, फ्याक्चार समायोजन, मुटुको चाल रोकिएको अवस्था (कार्डियाक एरेस्ट) तथा अन्य आपतकालीन अवस्थाहरूमा कसरी मद्दत गर्न सकिन्छ भन्ने विषय समेटिएको छ। 

साथै, यी सबै भिडियोहरु ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले मूलरूपमा निर्माण गरेका हुन्, सामग्री विशेषज्ञता हाप्सा नेपालका संस्थापक डा. रामु खरेल तथा अन्य अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरुले उपलब्ध गराएका हुन्। हाप्साले सामग्रीलाई नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुनेगरी अनुवाद र अनुकूलन गरेको हो।

एप उद्घाटन कार्यक्रम पछि ५० जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सिपीआर र चोकिंग प्राथमिक उपचार सत्रमा सहभागिता जनाएका थिए । 

यो समाचारमा

काठमाडौँरानीपोखरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...