जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला :ओली

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

18
Share
Featured

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् । 

मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन् ।  यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो । हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो । जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के ? परिस्थिति त्यस्तो बन्यो त्यहाँ भनेर प्रहरीले भनिराखेको छ ।’

त्यस्तै, उनले भदौ २३ र २४ गतेको घटना डिप स्टेटको योजनाबद्ध हमला भएको भन्दै अहिलेको सरकार त्यही षडयन्त्रबाट आएको ‘सो कल्ड’ सरकार भन्दै व्यङग्य गरे । 

अध्यक्ष ओलीले संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालत र सडक संघर्षमा जाने घोषणा गर्दै आन्दोलन शान्तिपूर्ण, संविधान र लोकतन्त्रको पक्षमा हुने जानकारी दिए । 

आफूहरूले गर्ने आन्दोलनमा कुनै घुसपैठ नहुने प्रस्ट पार्दै ओलीले आन्दोलनलाई अगाडि बढाउन सांसदहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।

यो समाचारमा

काठमाडौँधरहरानेपाल कम्युनिष्ट पार्टी (एमाले)सर्वोच्च अदालत
खड्गप्रसाद शर्मा ओली4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...