रामेछापमा ७२ वर्षीया महिलाको हत्या गरी फरार रहेका आरोपी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

18
Share
Featured
  • रामेछाप मन्थली–१४ मा ७२ वर्षीया भिमालक्ष्मी खड्काको हत्या गर्ने २६ वर्षीय दिलीप खड्कालाई प्रहरीले दोखा–मेलुङट क्षेत्रबाट पक्राउ गरेको छ।
  • घटना राति साढे १० बजे भए पनि प्रहरीलाई साढे १२ बजे मात्र सूचना मिल्यो, र दूरी तथा भौगोलिक कठिनाइका कारण घटनास्थल पुग्न ढिलाइ भयो।
  • मृतक एक्लै बस्दै आएकी थिइन्, र अभियुक्त पहिले पनि अभद्र व्यवहार तथा चोरीका मुद्दामा पक्राउ परेका थिए; अहिले उनीमाथि कानुनी प्रक्रिया अघि बढाइँदैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


रामेछापको मन्थली नगरपालिका, रामेछाप–१४ साजेटोलस्थित ७२ वर्षीया भिमालक्ष्मी खड्काको धारिलो हतियार प्रहार गरी हत्या भागेका आरोपीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

गतराति करिब साढे १० बजे स्थानीय युवक २६ वर्षीय दिलीप खड्काले वृद्धा खड्कामाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको थियो ।

घटना भएको करिब दुई घण्टापछि, राति साढे १२ बजेतिर मात्रै प्रहरीलाई जानकारी पुगेपछि प्रहरी चौकी फुलासीबाट प्रहरी सहायक निरीक्षक मानबहादुर तामाङको नेतृत्वमा टोली घटनास्थलतर्फ गएको थियो । जिल्ला प्रहरी कार्यालयबाट थप टोली बिहानै घटना स्थल पुगेर मुचुल्का संकलन गरेको थियो ।

मृतक भिमा लक्ष्मी खड्का एक्लै बस्दै आउनुभएको परिवारजनले बताएका छन् । हत्या गरेर फरार रहेका दिलिप विगतमा अभद्र व्यवहार र चोरी मुद्दामा पक्राउ परी छुटेका व्यक्ति भएको प्रहरीले जनाएको थियो । 

स्थानीयका अनुसार घटना भएको करिब एक घण्टापछि दिलिप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका देखिएपछि उनीहरूबाटै प्रहरीलाई खबर गरिएको हो । रातिको समय, दुरी तथा भौगोलिक जटिलताका कारण घटनास्थलमा प्रहरी पुग्न केही ढिलाइ भएको थियो ।  

यसबीच, फरार अभियुक्तलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख, प्रहरी नायवउपरीक्षक भोला भट्टले पुष्टि गरे । उनका अनुसार फरार दिलीप खड्कालाई दोखाको मेलुङट क्षेत्रबाट पक्राउ गरिएको हो । 

मृतक खड्काको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याइएको प्रहरी भट्टले जानकारी दिए । पक्राउ परेका अभियुक्तमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचारमा

मन्थली नगरपालिका, रामेछापरामेछापकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...