प्रदेश सभा बैठक डाक्न माग गर्दै उपसभामुखलाई पत्र, कर्मचारी अभाव भएको जवाफ

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

18
Share
Featured
  • मधेश प्रदेशका ३२ सांसदले सभामुखमाथि महाभियोग दर्ता भएकाले नियमअनुसार छलफल गर्न उपसभामुख बबिता राउतलाई बैठक बोलाउन निवेदन बुझाए।
  • उपसभामुख राउत बैठक बोलाउन तयार भए पनि अधिकांश कर्मचारी विदामा वा सम्पर्कविहीन भएकाले कामकाज ठप्प भएको बताइन्।
  • कर्मचारी व्यवस्थापनलगायत समस्या समाधानका लागि राउतले प्रदेश प्रमुखलाई जानकारी गराउने योजना रहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मधेश प्रदेश सभाका ३२ जना सांसदले प्रदेश सभाको बैठक बोलाउन उपसभामुख बबिता कुमारी राउत ईसरलाई आग्रह गरेका छन् ।

मंगलबार जनकपुरधामस्थित मधेश प्रदेश सभामा प्रत्यक्ष रुपमा ३२ जना सांसद पुगेर उपसभामुख राउतलाई बुधबार बैठक बोलाउन भनी निवेदन दिएका छन् । गत कार्तिक २७ गते मधेश प्रदेशका ६४ जना सांसदले सभामुख रामचन्द्र मण्डलले पद अनुकुल आचरण नगरेको भन्दै महाभियोग दर्ता गराएका थिए । 

महाभियोग दर्ता भएको सात दिनभित्र बैठक बसि छलफल गर्नुपर्ने नियम रहेकाले ३२ जना सांसद उपस्थित भएर उपसभामुख राउत सभक्ष पत्र बुझाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरत साहले जानकारी दिए ।

पत्र बुझ्दै उपसभामुख राउतले प्रदेश सभा बैठक बोलाउन आफू तयार रहेको तर कर्मचारी कोही विदामा र कोही सम्पर्कविहीन रहेको बताइन । उनले कयौं पत्रहरु दर्ता गर्नुपर्ने रहेकामा दर्ता गर्नेसमेत कर्मचारी नरहेकोले काम गर्न अप्ठ्यारो भइरहेको बताइन ।

उपसभामुख राउतले अब कर्मचारी व्यवस्थापन लगायतका समस्याहरु मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णलाई जानकारी गराउने बताइन ।

उपसभामुख राउतका अनुसार सभामुख मण्डलमाथि महाभियोग दर्ता भएका दिनदेखि मधेश प्रदेश सभाका अधिकांश कर्मचारीहरु विदामा गएका छन् भने अन्य कर्मचारीहरु सम्पर्कविहीन भएका छन् । मधेश प्रदेश सभाको अधिकांश कामकाजहरु अहिले ठप्प रहेको उनले जानकारी दिइन् ।

यो समाचारमा

काठमाडौँमधेश प्रदेशसुरेन्द्र लाभ कर्णजनकपुर
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...