सहकारी छानविन प्रतिवेदनलाई पुनअध्ययन गर्न उपसभापति वाग्लेको माग

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०२, मङ्गलबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् ।  

मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन । 

उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्टामा नै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ थाहा पाइसकेका छन् । त्यो प्रतिवेदनको पाना नं.४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौं । त्यो सहकारी छानविन प्रतिवेदनलाई क्याविनेटले पुनअध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरी गर्नुपर्नेमा कानुनी राय लिओस् ।’

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनख्खु कारागाररवि लामिछानेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...