राष्ट्रिय परिवर्तन पार्टीले पायो दल दर्ताको प्रमाणपत्र,चुनाव चिह्न बाँसुरी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

66
Share
Featured

काठमाडौँ। राष्ट्रिय परिवर्तन पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । अध्यक्षमा राजेश पटेल रहेका छन् । पटेल गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।

यो पार्टीको चुनाव चिह्न बाँसुरी रहेको छ । गत कात्तिक २ गते दल दर्ताको निवेदन दिएका दिए । सोमबार दल दर्ताको प्रमाणपत्र पाएका हुन् ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिक प्रमाणपत्र प्राप्त गर्नुलाई उनीहरूले ऐतिहासिक क्षण भनेका छन् । निर्वाचन आयोग परिसरमै उनीहरूले पत्रकारलाई बाँडेको ब्रिफिङमा भनिएको छ, ‘यो केवल एउटा पार्टी दर्ता भएको प्रमाणपत्र होइन, यो जेनजी आन्दोलनमा घाइते भएका सबै वीर युवाहरूको पीडा, अधिकार र न्यायको पक्षमा उभिने हाम्रो अटल वाचाको प्रमाणपत्र हो ।’

शहीदहरूको सपना खेर जान नदिने, उनीहरूको बलिदानलाई इतिहासको पानामा मात्र सीमित नगरी व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने यो पार्टीको प्रतिज्ञा छ ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...