कारोबारसँगै बढ्यो सेयर बजार, तीन अर्ब ९४ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

15
Share
Featured

आज बन्दीपुर केबलकार तथा टुरिजमको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । झापा एनर्जी, बुंगल हाइड्रो र सागर डिस्टिलरीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ९.७८ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेर २,५५०.३६ विन्दुमा बन्द भएको छ ।

यस दिन तीन अर्ब ९४ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आइतबार तीन अर्ब ८९ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १६७ कम्पनीको सेयरमूल्य बढ्दा ७६ को घटेको छ । यस्तै, १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज बन्दीपुर केबलकार तथा टुरिजमको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । झापा एनर्जी, बुंगल हाइड्रो र सागर डिस्टिलरीको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

साहस ऊर्जाको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भयो । यस कम्पनीको १८ करोड ३६ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये निर्जीवन बिमा र ‘अन्य’ समूहको परिसूचक घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । विकास बैंक समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक ०.०९ प्रतिशत र ‘अन्य’ समूहको परिसूचक ०.४९ प्रतिशतले घटेको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...