चलचित्र ‘द ब्ल्यू लाइट’

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

25
Share
Featured
  • साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ, जसमा पाँच मुख्य कलाकार निराश मुद्रामा देखिन्छन्।
  • पोस्टरले तनाव र मौनताबाट भरिएको वातावरण संकेत गर्छ, जहाँ महेश त्रिपाठी मात्र बञ्चरो हातमा बोकेको देखिन्छन्।
  • बलिराम चौहान निर्देशित फिल्म पुस १० मा रिलिज हुँदैछ, जसमा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठलगायत कलाकारको मुख्य भूमिका छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।

खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठआयुष्मान देशराज श्रेष्ठ जोशी पोस्टरमा अटाएका छन् ।

सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ ।

पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ । बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट रिलिजमा आउँदै छ ।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।

आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

यो समाचारमा

अर्पण थापाआयुष्मान देशराज श्रेष्ठ जोशीकाठमाडौँसृष्टि श्रेष्ठ
महेश त्रिपाठी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...