मधेश प्रदेशको राजनीतिक अवस्थाका कारण संघीयतामाथि प्रश्न उठ्यो : खगराज अधिकारी

Author

सजिलो पत्रिका

२०८२ मंसिर ०१, सोमबार

14
Share
Featured
  • खगराज अधिकारीले मधेश प्रदेशको वर्तमान राजनीतिक अवस्थाले संघीयतामै प्रश्न उठिरहेको भन्दै सबै दल एकजुट हुनुपर्ने बताए।
  • उनले अहिलेको सरकारले संविधानविपरीत काम गरेको र चुनाव गराउने कुनै तयारी नभएको आरोप लगाए।
  • सुरक्षा अवस्था कमजोर रहेका कारण चुनाव सम्भव छैन भन्दै उनले संविधान पुनःस्थापना नै राष्ट्रको हितमा रहेको धारणा राखे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी समिति सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले मधेश प्रदेशको अहिलेको राजनीतिक अवस्थाका कारण संघीयतामाथि नै प्रश्न उठ्न थालेको बताएका छन् ।

सोमबार (आज) जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै अधिकारीले मधेश प्रदेशका सबै दलहरुले छनिक बेरको राजनीतिक स्वार्थ बिर्सेर एक जुट भएर संघीयतालाई प्रभावकारी बनाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले मधेश प्रदेशलाई नमुना प्रदेश बनाउनका लागि सबैदलहरु एकताबद्ध हुनु पर्ने धारणा राखे । पदका लागि भइरहेको राजनीतिक खेलले संघीयता विरोधहरु बलियो हुँदै गइरहेको अधिकारीले बताए ।

अधिकारीले अहिलेको सरकार संविधान विपरीत बनेको सरकार रहेको बताए । उनले निर्वाचन हुने भने पनि अहिलेको सरकारले निर्वाचनका लागि आवश्य कुनै तयारी नगरेको बताए ।

उनले चुनाव नहुने कुरामा एमाले विश्वस्त रहेकोले नहुने चुनावका लागि एमालेले कुनै किसिमको जाने नजाने जस्ता कुरामा ध्यान नदिएको बताए ।

सुरक्षाकर्मीहरुको हतियार, पोसाक, सामग्रीहरु लुटिएका छन् र जेलमा भएका कयौं कैदी बाहिर रहेको बेला चुनाव गराउने सोच्नु नै गलत रहेको उनले धारणा व्यक्त गरे । अधिकारीले संविधान पुनःस्थापना गर्नुनै राष्ट्रको हितमा रहेको बताए ।

यो समाचारमा

गण्डकी प्रदेशनेपाल कम्युनिष्ट पार्टी (एमाले)मधेश प्रदेशखगराज अधिकारी
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...