कर्णालीबाट खेल्न मार्क वाट नेपाल आइपुगे

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

16
Share
Featured
  • कर्णाली याक्समा अनुबन्धित स्कटल्यान्डका बलर मार्क वाट नेपाल आइपुगेका छन्, जबकि अन्य विदेशी खेलाडीहरू पनि क्रमैसँग टोलीमा भित्रिँदै छन्।
  • २९ वर्षीय वाटले पहिलोपटक एनपिएल खेल्न लागेका हुन् र स्कटल्यान्डका लागि टी–२० आईमा ८९ तथा एकदिवसीयमा ११० विकेट लिएका अनुभवी बलर हुन्।
  • कर्णाली याक्सले दोस्रो संस्करणका लागि प्रशिक्षक ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिँदै टोलीमा रिटेन तथा अक्सनमार्फत नयाँ खेलाडीहरू समावेश गरिसकेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली याक्स स्पोट्स प्रा.लीमा अनुबन्ध भएका स्कटल्याण्डका बलर मार्क वाट नेपाल आइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे लगायत प्रतिनिधिहरुले स्वागत गरेका थिए ।

यसअघि शुक्रबार राति अफगानिस्तान पूर्व कप्तान नाजिबुल्लाह जाद्रन, नेदरल्याण्ड्सका म्याक्स ओ डावड र भारतका जयकिसन कोल्सावाला नेपाल आइपुगेका थिए । भारतका प्रियाङ पन्चाल शुक्रबार बिहानै नेपाल आएका हुन् । अब, अष्ट्रेलियाका ब्याटर विलियम बासिस्टो मात्रै कर्णाली याक्सको क्लोज क्याम्पमा आवद्ध हुन बाँकी छन् ।

२९ वर्षीय वाटले पहिलो पटक एनपिएल खेल्न लागेका हुन् । उनले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यो समाचारमा

अफगानिस्तानभारतनेदरल्याण्ड्सनेपाल
स्कटल्याण्ड6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...