मंसीर महिनाका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

26
Share
Featured
  • मंसिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.१६% ले घटेर ५.२००५% बाट ५.०४०५% पुगेको छ; २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले स्थिर राखेका छन्।
  • व्यक्तिगत मुद्दती निक्षेपको उच्चतम ब्याजदर ६% मा स्थिर रहेको छ, ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर उपलब्ध गराउँछ। 
  • निक्षेप ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दती निक्षेप र कर्जाको ब्याजदरमा समेत प्रभाव पर्नेछ; तरलता पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा बैंकहरूले ब्याजदर घटाएको बताएका छन्। राष्ट्र बैंकको नीतिगत दर हाल ४.५% कायम छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वाणिज्य बैंकहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैंकले ब्याजदर घटाएका छन् भने १० बैंकले ब्याजदर यथावत् राखेका छन् ।

औषतमा ०.१६ प्रतिशत घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा कात्तिक महिनामा ५.२००५ प्रतिशत रहेको अधिकतम औसत ब्याजदर मंसिरमा घटेर ५.०४०५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर भने ६ प्रतिशतमै स्थिर रहेको छ, जसमा ग्लोबल आईएमई बैंकले ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि सबैभन्दा उच्च ब्याजदर प्रदान गर्ने व्यवस्था गरेको छ ।

ब्याजदर घटाउने बैंकमध्ये एनआईसी एसिया, प्राइम कमर्सियल, स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक लिमिटेड, सिद्धार्थ बैंक, कुमारी बैंक लिमिटेड, सानिमा बैंक, हिमालयन, नेपाल एसबीआई बैंक लिमिटेड र सिटिजन्स रहेका छन् । उता ब्याजदर स्थिर राख्ने बैंकमा कृषि विकास बैंक लिमिटेड, एभरेस्ट, नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, प्रभु बैंक, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई बैंक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडएनएमबि बैंक परेका छन् ।

बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र दीर्घ अवधिका मुद्दतीमा केही बढी ब्याजदर दिँदै आएका छन् । अधिकांश बैंकले पाँच वर्षभन्दा बढी अवधिका मुद्दती निक्षेपमा उच्चतम ब्याजदर प्रस्ताव गरेका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेपछि बचत तथा संस्थागत मुद्दती निक्षेपका दर पनि क्रमशः घट्ने प्रवृत्ति रहँदै आएको छ । निक्षेप ब्याजदर घट्दा आधार दर पनि घट्ने भएकाले कर्जाको ब्याजदरमा समेत सीधा प्रभाव पर्नेछ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भए पनि कर्जा प्रवाह सुस्त हुँदा ब्याजदर तल झरेको बैंकहरूले बताएका छन ।

यतिबेला राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता व्यवस्थापनका क्रममा बैंकहरूबाट निक्षेप संकलन तथा स्थायी निक्षेप सुविधा मार्फत रकम तानेको छ ।

हाल राष्ट्र बैंकले तोकेको नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत कायम छ । बैंकिङ क्षेत्रभित्र तरलता प्रशस्त भइरहेकाले निक्षेप तथा कर्जाको ब्याजदर अझै केही समय दबाबमा रहने विश्लेषण बैंक तथा वित्तीय क्षेत्रले गरेका छन् ।

यो समाचारमा

नबिल बैंक लिमिटेडसानिमा बैंकएनएमबि बैंककृषि विकास बैंक लिमिटेड
नेपाल बैंक लिमिटेड13 more

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...