'सुशासन भनेकै ओली र लेखकलाई गिरफ्तार गर्ने': पूर्वप्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

२०८२ कात्तिक ३०, आइतबार

19
Share
Featured
  • केपी शर्मा ओलीले सरकार स्वयंले विभिन्न नामका ‘जेनजी’ समूह खडा गरी नाटक र तमासा मञ्चन गरेको, मागपत्रसमेत सरकारकै मानिसहरूले लेखेर बुझाउने काम गरिएको आरोप लगाए।
  • उनले सरकार सुशासनको अर्थ विपक्षी नेताहरूलाई गिरफ्तार गर्ने मात्र बुझिरहेको, जेनजी समूहलाई प्रयोग गरी आफूहरूलाई बदनाम र धम्क्याउने प्रयास भइरहेको दाबी गरे।
  • अवकाशप्राप्त आईजीपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का/स्थानहद जस्ता कदमहरूलाई ओलीले प्रतिशोधी र कानूनविपरीत बताए। साथै प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको भन्दै तत्काल पुनःस्थापना गर्नुपर्ने माग दोहोर्याए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निवर्तमान प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वर्तमान सरकारले नै विभिन्न नामका जेनजी समूह खडा गरेर तमासा देखाइरहेको गम्भीर आरोप लगाएका छन्। उनले सरकारमा रहेकाहरूले नै जेनजीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर बुझाउन लगाइरहेको दाबी गरे।

गुण्डुस्थित आफ्नो निवासमा प्रेस चौतारीका नेताहरूसँगको छलफलका क्रममा ओलीले भने, "यो सरकारले सुशासन भनेकै केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्ने भन्ने बुझेको छ। त्यसका निम्ति जेनजीहरूलाई संगठित गर्ने, जेनजीहरूका मागपत्र लेखिदिने, उनीहरूलाई बोलाएर मागपत्र पढाउने, हातमा मागपत्र थमाउने, जेनजीको डेलिगेसन बोलाउने, सञ्चारकर्मीका अगाडि जेनजीले सरकारलाई दबाब दिए ल के गरौं? भनेर सरकार एकदमै दबाबमा परेको छ र भनेर देखाउने काम भइरहेको छ।"
ओलीले बिना पैसा जेनजीको नाममा चलाइएको नाटक हेर्न पाइएको भन्दै व्यंग्य गरे। उनले भने, "जेनजीहरूका नाममा यो कलाविहीन नाटक चलाइएको छ। मलाई थाहा छ त्यो जेनजीको नाममा मस्यौदा कसले लेखेको हो, कहाँ बोलाएर पढाइयो, त्यसको अर्गनाइजर को हो सबै थाहा छ। बिना पैसा अहिले यी तमासा हेर्न पाइएको छ।"
प्रतिनिधि सभा अविलम्ब पुनःस्थापना हुनुपर्नेमा जोड दिँदै ओलीले असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए। उनले अहिले पनि जेनजी भनेर १०-२० जना युवा जम्मा पारेर धम्क्याउने र अनेक क्षति पुर्‍याउने भन्दै भन्न लगाइएको आरोप लगाए। "उनीहरूमा आवेश र उत्तेजनामात्र छ। गतिलो र सकारात्मक उद्देश्य र विचार छैन र गन्तव्य छैन। सरकार यस्तै काममा लागेको चुनावतिर लागेकै छैन। ड्रामातिर लागेको छ," उनले थपे।
अवकाशलगत्तै निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको विषयमा पनि ओलीले आपत्ति जनाए। उनले अहिलेको आईजीपीलाई तर्साउन निवर्तमान आईजीपी चन्द्रकुबेर खापुङको पासपोर्ट रोक्का र स्थानहदको प्रचार गरिएको आरोप लगाए। "हिजोसम्म शान्ति सुरक्षा कायम गराउन प्रहरी प्रमुखको जिम्मेवारी लिएको छ। आज कतै पनि जान नपाउनु योभन्दा ठूलो मजाक र तमासा के हुन्छ? सरकार के बाटो हिँड्न र कहाँ जान खोजेको? रुल अफ ल कार्यान्वयन हुन नदिने, कानूनबमोजिम नगर्ने निर्दोषलाई थुन्नुपर्छ भन्ने? दोषीलाई छाड्नुपर्छ भन्ने?" ओलीले प्रश्न गरे।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)रमेश लेखक
प्रतिनिधि सभा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...