मधेस प्रदेश सभा अगाडि ७ राजनितिक दलको विरोध प्रदर्शन, सभामुखको राजिनामा माग

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

23
Share
Featured
  • जनकपुरधामस्थित मधेस प्रदेश सभाको अगाडि ७ राजनितिक दलका सांसद, नेता र कार्यकर्ताले सभामुख रामचन्द्र मण्डलविरुद्ध विरोध प्रदर्शन गरे।
  • विरोधकर्ताहरूले सभामुख मण्डल एमालेका कार्यकर्ता भएको भन्दै प्रदेश सभा खाली गर्न नारा लगाए र महाभियोगपछि उनको बसाइ असंवैधानिक भएको बताए।
  • उपसभामुख बबिता कुमारी राउतले सभा हलमा ताल्चा लागेपछि सांसदहरुलाई चौरमै बसेर बैठक सञ्चालन गर्न लगाइन्; उनले सभामुखका निर्णयहरू लागू नहुने बताए।
  • सभामुख र उपसभामुखबीच द्वन्द्व सिर्जना भएको छ; उपसभामुख राउतले सुरक्षित नठानेर प्रदेश सभा निवास खाली गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


जनकपुरधामस्थित मधेश प्रदेश सभा अगाडि ७ राजनितिक दलका सांसद, नेता तथा कार्यकर्ताहरुले विरोध प्रदेर्शन गरेका छन् ।

शनिबार जनकपुरधाम वडा नं १२ कुवामा भेला भएका ७ राजनितिक दलका नेता, कार्यकर्ता तथा सांसदहरुले मधेश प्रदेश सभा अगाडि पुगेर प्रदर्शन गरेका छन् । उनीहरुले सभामुख रामचन्द्र मण्डलविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले सभामुख मण्डल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कार्यकर्ता भएको भन्दै प्रदेश सभा खाली गर्न नारा लगाएका छन् ।

महाभियोग दर्ता भइसकेको खण्डमा सभामुख स्वतः निलम्बित भएको भन्दै उनले अब प्रदेश सभामा बस्नु उचित नरेहेको ७ दलिय गठबन्धनका सांसदहरुको भनाई छ । सभामुख मण्डलले प्रदेश सभामा बसेर अनाधिकृत रुपमा काम कारवाही गर्दै आएको भन्दै उनीहरुले तत्काल सभामुखले प्रदेश सभा खाली गर्नु पर्ने उनीहरुको माग छ ।

त्यस्तै उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवलाई जंगली मुख्यमन्त्रीको संज्ञा दिँदै रेष्टुरेन्टको मुख्यमन्त्री मान्य नहुने बताएका छन् ।

यता, प्रदेश सभाको भित्र बैठक बस्ने सभा हलमा ताल्चा लागेका कारण उपसभामुख बबिता कुमारी राउत ईसरले उपस्थित सांसदहरुलाई चौरमै बसाएर बैठक सञ्चालन गरेका छन् । सो क्रममा सांसदहरु भुँइमै बसेर सभामा उपस्थिती जनाएका थिए । उपसभामुख राउतले सभामुखमाथि महाभियोग लगाइसकेपछि उनले गरेको निर्णयहरु कुनै कार्यान्वयन नहुने बताएका थिए ।

७ दलिय गठबन्धनका ६४ जना सांसदले सभामुख मण्डलमाथि तीन दिन पहिला महाभियोग दर्ता गराएका थिए । सोही दिन अबेर राती सभामुख मण्डलले पाँच जना सांसदको पद रिक्त भएको पत्र सार्वजनिक गरेका थिए । हिजो मात्र मधेश राजपत्रमा पाँच जना सांसदको पद रिक्त भएको प्रकासित भएको छ । सभामुख र उपसभामुखबीच अहिले द्वन्द्व सृजना भएको छ ।

यता उपसभामुख राउतले आफू सुरक्षित महसुस नगरेको भन्दै प्रदेश सभा भित्र रहेको निवास खाली गरेकी छन् ।

यो समाचारमा

मधेश प्रदेशजनकपुरसरोज कुमार यादवनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...