एमाले मकवानपुरमा मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको विवाद चर्कियो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

41
Share
Featured
  • मकवानपुरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा फैलिँदा राजनीतिक हलचल बढ्यो।
  • राजावादी नेता दिनेश लामाले र्यालीमा युवाहरूलाई भुक्तानी मार्फत परिचालन गरिएको आरोप लगाए; रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आपत्ति जनाए।
  • प्रदेश सभा, नगरपालिका र सरकारी कर्मचारीसमेत र्यालीमा सहभागी भएको भन्दै सार्वजनिक सेवामा काम गर्ने कर्मचारीको राजनीतिक सहभागितामा आचारसंहिताको प्रश्न उठ्यो।
  • एमालेले कुपनको प्रामाणिकता शंकास्पद भएको दाबी गर्दै सामाजिक सञ्जालमा फैलिएको विषय फरक रूपमा व्याख्या गरेको छ; स्थानीय प्रशासनले प्रारम्भिक तथ्य संकलन गर्दैछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ। तस्वीरमा ‘तेलका लागि’ उल्लेख, हस्तलिखित नोट, गोलो छाप र कुपन नम्बर देखिनुले राजनीतिक वृत्तमा ठूलै हलचल आएको छ ।

र्यालीका लागि युवाहरूलाई जुटाउन पठाउ राइडर तथा इन्डाइभ राइडर मार्फत फोन, मेसेज र प्रत्यक्ष सम्पर्क गरेर बोलाइएको दाबी राजावादी नेता दिनेश लामाले गरेका छन् ।

उनले ‘ र्यालीको भीड देखाउन विभिन्न भुक्तानीमार्फत युवालाई परिचालन गरिएको’ आरोप लगाएका छन् ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला अध्यक्ष सागर थापाले भने, ‘क्षेत्रमा जम्मा १० हजार भोटर छन्, तर एमालेले १० हजारभन्दा धेरै युवालाई किनेर र्यालीमा उतार्यो। यस्तो पैसा–प्रलोभनको राजनीति प्रजातान्त्रिक संस्कारको अपमान हो ।’ भनेर असन्तुष्टि व्यक्त गरेका छन् ।

थापाका अनुसार र्यालीमा प्रदेश सभा, नगरपालिका तथा विभिन्न मन्त्रालय र सरकारी कार्यालयका कर्मचारीसमेत सहभागी भएको दाबी गरिएको छ । सार्वजनिक सेवामा कार्यरत कर्मचारीले राजनीतिक कार्यक्रममा खुलेर सहभागी भएको भन्दै आचारसंहितामाथि पनि प्रश्न उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यसमा कडा आपत्ति जनाएको छ। रास्वपाका स्थानीय प्रतिनिधिहरूले भने, ‘मोटरसाइकल र्यालीको नाममा हेटौंडाको मुख्य सडक अवरुद्ध गर्नु एमालेको दादागिरी हो। जनताको आवाज, यातायातको सहजता र नागरिक अधिकारको सम्मान बिना यस्तो शक्ति प्रदर्शन लोकतन्त्रको मर्यादा विपरीत छ ।’ भनी टिप्पणी गरेका छन् ।

एमाले निकट कार्यकर्ताहरूले भने कुपनको प्रामाणिकता नै शंकास्पद भएको, सामाजिक सञ्जाललाई पार्टीविरुद्ध प्रयोग गरिएको दाबी गर्दै घटनालाई फरक रूपमा व्याख्या गरेका छन् ।

युवालाई इन्धन र विभिन्न प्रलोभनमार्फत परिचालन गरिएको आरोप–प्रत्यारोप जोडिँदै गइरहेका बेला स्थानीय प्रशासनले यसबारे प्रारम्भिक तथ्य संकलन भइरहेको जनाएको छ । आधिकारिक स्पष्टीकरण नआएसम्म मकवानपुरको राजनीतिक वातावरण थप तातिने संकेत देखिएको छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँमकवानपुरराष्ट्रिय स्वतन्त्र पार्टी
हेटौंडा5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...