देशले चिनेको होइन देशलाई चिनेका मान्छेहरु पार्टीमा जोड्दै जानुपर्छ : गौतम

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

18
Share
Featured
  • सोविता गौतमले व्यक्तिवादले पार्टीलाई हानी गर्ने बताउँदै पार्टी भित्र व्यक्तिको आवागमन होइन, वैचारिक काममा ध्यान दिनुपर्ने भनिन्।
  • देशले चिनेका अनुहारभन्दा देशलाई चिनेका सक्षम व्यक्तिहरूलाई जोड्दै जानु पर्ने धारणा राखिन्।
  • राजनीतिक संवेदनशीलता र केही साथीसाथी छुट्टिए पनि रास्वपाको आधारप्रति आफू स्पष्ट भएकाले पार्टी नछाड्ने संकल्प व्यक्त गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सोविता गौतमले व्यक्तिवादी चरित्रले पार्टीलाई हानी गर्ने बताएकी छिन् ।

शनिबार काठमाडौमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशन कार्यक्रम स्थल परिसरमा संचारकर्मीहरुसँग बोल्दै उनले पार्टी भित्र को आयो को व्यक्ति गयो भनेर व्यक्तिवादी टिप्पणी गर्नु भन्दापनि वैचारिक हिसाबले लाग्नुपर्ने धारणा राखिन् ।

उनले देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जान पर्ने उल्लेख गरिन् ।

‘देशले चिनेका अनुहार भन्दापनि देशलाई चिनेका मान्छेहरुलाई जोड्दै जानुपर्छ । देशलाई चिनेका मान्छेहरु हरेक तप्कामा हुनुहुन्छ जोड्ने क्रमलाई जारी राख्नुपर्छ । भोलिका दिनमा यही प्लेटफर्मबाट सशक्त मानिस भएर आउनुपर्छ । व्यक्तिवादी चरित्र पार्टीमा खासै राम्रो हुँदैन । व्यक्तिवादी टिप्पणि गर्नु भन्दापनि वैचारिक हिसाबले काम गर्नुपर्छ,’ उनले भनिन् ।

त्यस्तै उनले पछिल्लो राजनीतिक परिवेश निकै संवेदनशिल हुँदै गएको भन्दै दलहरुमा ध्रुवीकरण हुनु स्वाभाविक भएको सुनाइन् । उनले भर्खरै स्थापाना भएको पार्टीबाट छोटो अवधिमा नै साथीहरु छुट्टिदा नराम्रो लागेको बताइन् । उनले रास्वपा पार्टी महाधिवेशन पछि पूर्ण व्यवस्थापन हुने बताएन् ।

उनले रास्वपा पार्टी किन र कसका लागि खोलिएको हो भन्नेबारे प्रस्ट भएका कारण पार्टी नछाड्ने संकल्प गरिन् ।

‘पार्टीको विजारोपण गर्दादेखि सक्रिय छु । सभापतिले पार्टी खोल्ने भनेदेखि उहाँसगै छु । पार्टी स्थापनाका बारेमा स्पष्ट छु । नीतिहरुका विषयमा पनि म स्पष्ट छु त्यसकारणले फरक सोचेको छैन्,’ उनले भनिन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...