मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रदेशवासीका लागि सम्बोधन, मधेशवादी दल र नेताको लहमा नलाग्न प्रदेशवासीलाई आग्रह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

10
Share
Featured
  • मुख्यमन्त्री सरोज कुमार यादवले मधेशवादी दलहरू सत्ताको खेलमा लागेको र जनताको हितभन्दा टाढा रहेको भन्दै प्रदेशवासीलाइ सचेत रहन आग्रह गरे।
  • आन्दोलनमा हिंसा, कर्मचारी कुटपिट र राष्ट्रिय झण्डाको अपमान गर्नेहरू जनप्रतिनिधि हुन नसक्ने बताए र यस्तो अवस्थाले प्रदेशको सुरक्षामा प्रश्न उठाएको उल्लेख गरे।
  • उनले जसपा–लोसपाका सांसद र कार्यकर्ताले सुरक्षाकर्मीमाथि आक्रमण गरेको आरोप लगाउँदै चुनावकै वातावरण बिग्रेको दाबी गरे।
  • यादवले एमाले, कांग्रेस, माओवादी र एससँग सहकार्य गरेर सरकार चलाउने आशा व्यक्त गर्दै मधेशवादी दलहरूको अराजकताविरुद्ध साथ दिन जनतासँग आग्रह गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् ।

शनिबार विहान जनकपुरधामस्थित आफ्नो नीजि निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे । उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए ।

कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाई छ । मधेशी जनताले वास्तवीक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए ।

जसपा र लोसपाका सांसद एवम नेता कार्यकर्ताहरुले सुरक्षाकर्मी कुट्दै हिँडेकाले सुरक्षाकर्मीनै असुरक्षित रहेकोबेला प्रदेशको जनता जन कति सुरक्षित छन् भन्ने आंकलन गर्न सकिने उनले बताए । यस्तो अवस्थामा चुनाव कसरी हुन्छ र संघीय सरकारले चुनाव हुने ग्यारेन्टी कसरी गर्न सक्छ भन्ने मुख्यमन्त्री यादवले प्रश्न गरे ।

पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले अझै मुख्यमन्त्रीकै कुर्सीमा बस्ने गरेको र अहिलेसम्म निवास र गाडीसमेत फिर्ता नगरेकोले आफूलाई नराम्रो लागेको बताए ।

मेधशवादी दलहरुसंग चुनावका लागि कुनै एजेन्डा नरहेकाले उनीहरु मधेश र मधेशीको नाममा सोझा जनतासंग खेलवाड गर्दै हिँडेको मुख्यमन्त्री यादवले भने ।

मुख्यमन्त्री यादवले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)संग सरकार बनाउन आशावादी रहेको उल्लेख गरे । उनले अन्य प्रदेशहरुमा पनि यी पार्टीहरुका मानसिकता र काम गर्ने शैली प्रष्ट रहेकोले उनीहरुसंग समन्वय गरेर अगाडि बढ्न आशावादी रहेको बताए । मुख्यमन्त्री यादवले आफ्नो प्रतिस्पर्धा कुनै दलसंग नभई प्रदेशको गरीबि र प्रदेशको शिक्षाको अवस्थासंग रहेको बताए ।

उनले मधेशवादी दहरुको अराजकताको विरोधमा मलाई साथ दिन सम्पूर्ण मधेशवासी, न्यायप्रेमी र बुद्धिजिवीहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री यादवले भारतीय दुर्तावासका केही पदाधिकारी व्यक्तिहरुपनि मधेश प्रदेशमा आएर दल फोड्ने र तोड्नेमा लागेको आरोपसमेत लगाए ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मधेश प्रदेशनेपाल कम्युनिष्ट पार्टी (एमाले)जनकपुर
सरोज कुमार यादव7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...