जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिको स्पष्ट छानविन हुनुपर्छ : अध्यक्ष ढकाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

19
Share
Featured
  • महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३–२४ को आन्दोलनमा भएको क्षतिको छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव गरेका छन्।
  • आन्दोलनमा गलत रूपमा घुसपैठ भई व्यक्तिगत, औद्योगिक र सरकारी सम्पत्तिमा ठूलो नोक्सानी भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग।
  • उनले सरकारसँग तार्किक सहमति र सहकार्य गरेर अघि बढे राम्रो परिणाम आउने बताए।
  • वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको दोस्रो दिनका सबै घटनाको छानबिन, लगानी सुरक्षा र खुला सीमा समस्याको समाधानको आवश्यकता रहेको उल्लेख।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन् ।

नेपाल विद्युत व्यवसायी महासंघको १३ औँ बार्षिक साधारण सभा एवं छैठौँ महाधिवेशनमा बोल्दै उनले २३ र २४ गते भएको आन्दोलनमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरुमा धेरै नोक्सानी गराउनेहरुलाई कानुनी दायरामा ल्याउनपर्छ भन्दै छानबिनको माग राखेको बताए ।


उनले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा उठेका मागहरुमा निजी क्षेत्र र आम पब्लिकको पनि चाहना थियो । सबैको चाहनाले जुन आन्दोलन भएको थियो त्यसमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरु धेरै नोक्सानी भयो । जेनजीको माग आम पब्लिकले चाहेको शुसासनको सवाल हो । तर त्यसमा गलत तरिकाले घुषपैठ गराउनेलाई कानुनी दायारामा ल्याउनपर्छ भन्ने कुरा महासंघले गृहमन्त्री र प्रधानमन्त्रीहरुसँग कुरा राखेका छौँ,’ ।

त्यस्तै उनले सरकारसँग तार्किक रुपमा सहमति गरेर सहकार्य गरेर अघि बढ्ने हो भने त्यसको परिणाम राम्रो हुने बताए । महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेन–जी आन्दोलन दोस्रो दिन भएका सबै घटनाको छानविन हुनुपर्ने धारणा राखे । उनले लगानी सुरक्षाका लागि नीतिगत सुधार र स्पष्ट हुनुपर्ने, खुला सीमानाको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखे ।

यो समाचारमा

नेपाल उद्योग वाणिज्य महासंघकाठमाडौँजेन–जी आन्दोलन दोस्रो दिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...