सुक्खायाममा आगलागीका घटनामा वृद्धि, तीन दिनमा ३४ स्थानमा आगलागी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

24
Share
Featured
  • सुक्खायाम सुरु भएपछि देशभर आगलागी बढेको छ; कात्तिक २७–२८ भित्र ७ स्थान, र २७ गते मात्रै १६ स्थानमा आगलागी भएका छन्, जसले मोरङदेखि कैलालीसम्म ठूलो भौतिक क्षति पारेको छ।
  • कात्तिक २४–२६ सम्म पनि ८–११ स्थानमा आगलागी, प्राधिकरणले जनचेतना र असावधानी प्रमुख कारण भन्दै सबैलाई सतर्क रहन आग्रह गरेको छ।
  • ताप्लेजुङमा लेक (उचाइ रोग) लागेर २ जापानी र १ अमेरिकी नागरिक बिरामी, कञ्चनजंघा क्षेत्रबाट यात्रा गर्दै/फर्कँदै गर्दा समस्या देखिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुक्खायाम सुरु भएसँगै देशभर आगलागीका घटनामा वृद्धि भएको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म देशभर सात स्थानमा आगलागीका घटना भएका छन्।

प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ।

प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर १६ स्थानमा आगलागीका घटना भएका छन्। २७ गते बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो।पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङग्जा, बागलुङहुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ।

प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए। कात्तिक २५ गते आठ स्थानमा, कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना भएका थिए। जनचेतना र असावधानीका कारण आगलागीका घटना भएको भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको छ।

ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी

शुक्रबार मात्रै ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन्। कञ्चनजंघा आधार शिविर जाने क्रममा स्थानीय खामाचेन भन्ने स्थानमा दुई जापानी नागरिक लेक लागेर बिरामी परेका छन्। कञ्चनजंघा आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकसमेतलाई लेक लागेको छ।

यो समाचारमा

भक्तपुरझापाउदयपुरमोरङ
धनुषा18 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...