एमालेद्वारा आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २९, शनिबार

14
Share
Featured
  • संसद विघटनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै नेकपा एमालेले आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै विरोध प्रकट गर्दैछ।
  • भदौ २४ पछि उत्पन्न राजनीतिक जटिलता, संविधानविपरीत संसद विघटन, र आगामी राजनीतिक कार्यक्रमबारे जनतालाई स्पष्टता दिन प्रदर्शन आयोजना गरिएको हो।
  • एमालेले यसअघि ७५३ स्थानीय तह र ६,७४३ वडामा भेला गरिसकेको छ र मंसिर ६ मा काठमाडौंमा वृहत शक्ति–प्रदर्शनलाई आन्दोलनको “निर्णायक चरण” मानेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ। पार्टीले हालैका राजनीतिक घटनाक्रमलाई ‘प्रतिगामी षडयन्त्र’ को संज्ञा दिँदै असंवैधानिक रूपमा भएको संसद विघटनको विरोधमा प्रदर्शन गर्न लागेको हो।

एमालेका अनुसार गत भदौ २४ पछि देशमा उत्पन्न राजनीतिक जटिलता, संविधान विपरीत गरिएको संसद विघटन तथा पार्टीले अघि सारेका भावी राजनीतिक कार्यक्रमबारे जनस्तरमा स्पष्टता दिन आजको प्रदर्शन आयोजना गरिएको हो।

यसअघि पार्टीले मंगलबार देशका ७५३ वटै स्थानीय तहमा भेला गरेको थियो। त्यस्तै कात्तिक २२ गते देशभरका ६ हजार ७४३ वडामा समेत जनभेला सम्पन्न गरेको थियो, जसलाई एमालेले ‘देशव्यापी जनसंगठन विस्तारको ऐतिहासिक चरण’ भन्दै आएको छ।

घोषित कार्यक्रमअनुसार पार्टीले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र शक्ति–प्रदर्शनसहित केन्द्रीय सभा आयोजना गर्ने तयारी गरिरहेको छ। काठमाडौँमा हुने उक्त प्रदर्शनीलाई एमालेले आफ्नो आन्दोलनको “निर्णायक चरण” को रूपमा लिएको छ।

एमालेले देशभरका जिल्ला, स्थानीय नेता तथा कार्यकर्तामा सहभागी भई आजको आन्दोलनलाई सफल पार्ने आह्वान गरेको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...