सभापति देउवा दम्पत्ति सिंगापुरबाट स्वदेश फर्किँदै

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

17
Share
Featured
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा आज सिंगापुरबाट स्वदेश फर्किँदैछन्।
  • जेनजी आन्दोलनका क्रममा निवासमै कुटपिट भएर गम्भीर घाइते बनेपछि उनीहरू कात्तिक १० गते थप उपचारका लागि सिंगापुर गएको थे।
  • उपचारको कारण र अस्पतालबारे जानकारी सार्वजनिक गरिएको छैन; देउवा असोज २८ गते मात्रै सार्वजनिक रूपमा देखिएका थिए र उनले खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबा दम्पत्ति आज सिंगापुरबाट स्वदेश फर्किँदैछन्। सभापति देउवा आज बेलुकी सिंगापुरबाट स्वदेश फर्किन लागेको स्रोतले जनाएको छ।

उनीहरू कात्तिक १० गते थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए। जेनजी आन्दोलनमा बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो। कुटपिटबाट देउवा दम्पत्ति गम्भीर घाइते भएका थिए। त्यसपछि देउवा पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर प्रस्थान गरेका थिए।

देउवा दम्पत्ति कुन रोगको उपचारका लागि सिंगापुर पुगेका हुन् भन्ने जानकारी गराइएको छैन। उनीहरूको सिंगापुरमा कुन अस्पतालमा उपचार भएको भन्ने पनि जानकारी सार्वजनिक भएको छैन।

जेनजी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए। उक्त बैठकमा सम्बोधन गर्दै देउवाले उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।

यो समाचारमा

आरजु राणा देउवाशेर बहादुर देउबासिंगापुरपूर्ण बहादुर खड्का
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...