पार्टी दर्ताको सूचीबारे भ्रममा नपर्न प्रचण्डको आग्रह, एकीकरण अभियान जारी रहने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

8
Share
Featured
  • प्रचण्डले निर्वाचन आयोगमा दर्ताका लागि बुझाइएको सूचीबारे भ्रम नमान्न आग्रह गर्दै यो केवल व्यवस्थापकीय रूपमा बुझाइएको अस्थायी विवरण भएको स्पष्ट गरे।
  • कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने भएकाले तत्काल हस्ताक्षर उपलब्ध १३ महिला सदस्यको नाम सूचीमा थपिएको र अझै विधानअनुसारको पूर्ण संरचना बनिन बाँकी रहेको बताइयो।
  • माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत वाम समूहहरू एकीकृत पार्टी निर्माण प्रक्रियामा रहेका छन्, र आयोगले फागुन २१ को निर्वाचनका लागि मंसिर ३० भित्र दल दर्ता अनिवार्य गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी दर्ताबारे निर्वाचन आयोगमा पेस गरिएको सूचीबारे भ्रममा नपरी दृढतापूर्वक एकीकरण अभियानका बाँकी काम पूरा गर्न सबैमा आग्रह गरेका छन्। संयोजक दाहालको सचिवालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दल दर्ताको प्रयोजनार्थ निर्वाचन आयोगमा बुझाइएका विवरणबारे केही भ्रम देखिएकाले यसमा स्पष्ट हुन अनुरोध गरेको छ।

सचिवालयले भनेको छ, "निर्वाचनको व्यवस्थापकीय आवश्यकता र समयको चापका कारण आयोगमा एकीकरणपूर्व कायम रहेका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको थियो। कानुनअनुसार एक तिहाइ महिला समावेश गर्नुपर्ने बाध्यात्मक प्रावधानका कारण केन्द्रीय कार्यालयमा तत्काल उपस्थित भई हस्ताक्षर गरेका १३ जना उपलब्ध महिला केन्द्रीय सदस्यहरूको नाम पनि त्यही सूचीमा थपेर महिला प्रतिशत पुर्‍याइएको हो। यो कुनै अलग संरचना होइन, विधानबमोजिम संरचना बनाउन बाँकी छ।"

पार्टी संयोजक र सह-संयोजकबाहेक सबै पद र समितिहरू आपसी सहमतिका आधारमा गठन हुने संयोजक दाहालको भनाइ छ। त्यसका लागि गृहकार्य भइरहेको र एकीकृत पार्टीको केन्द्रीय समितिसहित सबै संरचनासमेत यही प्रक्रियाअनुसार टुङ्गो लाग्ने सचिवालयले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम विचारधाराका समूह मिलेर नेपाली कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अघि बढेको छ। यसै क्रममा सरकारले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आम निर्वाचन प्रयोजनार्थ यही मंसिर ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने निर्वाचन आयोगको समयसीमा छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)पुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...