मकवानपुरमा ठूलो परिमाणको ट्रामाडोलसहित पाँच जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २८, शुक्रबार

25
Share
Featured
  • मकवानपुर प्रहरीले हेटौंडा–५ सानोपोखराबाट ८,३०० ट्रामाडोल क्याप्सुलसहित पाँच जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरू: अशोक स्याङतान, प्रवेश बरैली, निशान कोइराला, राजिब लामा (बक्सर), र दिपेश संजेल।
  • उनीहरूविरुद्ध लागूपदार्थ (नियन्त्रण) ऐनअनुसार मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको छ; दुई मोटरसाइकल पनि बरामद भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुर प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागूपदार्थ ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका–५ सानोपोखराबाट ८ हजार ३ सय पिस ट्रामाडोल क्याप्सुलसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार, बिहीबार बिहान करिब १० बजे सानोपोखरामा लागूपदार्थको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले पाँच जनालाई फेला पारेको थियो। उनीहरूको साथबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद भएको हो।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–१२ का १९ वर्षीय अशोक स्याङतान, हेटौंडा–१७ का २० वर्षीय प्रवेश बरैली, हेटौंडा–४ का २० वर्षीय निशान कोइराला, हेटौंडा–२ का ३५ वर्षीय बक्सर भन्ने राजिब लामा र मकवानपुरगढी गाउँपालिका–२ का २३ वर्षीय दिपेश संजेल रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको अवस्थामा ट्रामाडोल ८३०० पिस बरामद गरेको जनाएको छ। साथै, ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नम्बरका दुई वटा मोटरसाइकल पनि बरामद गरिएको छ।

पक्राउ परेका पाँचै जनामाथि लागूपदार्थ (नियन्त्रण) ऐनअन्तर्गत मुद्दा दर्ता गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

बकैया गाउँपालिकाहेटौडा उपमहानगरपालिकाहेटौंडाकाठमाडौँ
मकवानपुर5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...