केन्द्रीय समितिमा गगन थापाले भने– मैले गल्ती गरेकै हो

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

25
Share
Featured

काठमाडौँनेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफूले पार्टीभित्र उठाएका विषय बहुमतका आधारमा भन्दै मान्दै अघि बढ्नु नै ठूलो गल्ती भएको स्वीकार गरेका छन् ।

केन्द्रीय समितिमा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नाबारेमा कतिपय नेताले गरेका निन्दा घरसम्मै पनि नलैजाने र त्यो कांग्रेसको संस्कार पनि नभएको बताए ।

“मेराबारेका निन्दा घरसम्म लैजान्न । म तिम्रो कुरा सुन्छु भन्नेलाई सम्झाउन चाहिँ सक्छु,” थापाको भनाइ थियो,“निन्दा हाम्रो संस्कार नै होइन । देशभरिका साथीहरुलाई अनुरोध गर्दछु । संवादको मर्यादा कायम राख्नुपर्छ । हामी आफ्ना भिन्न कुरा राख्छौँ । मैले पार्टीमा सिकेको कुरा यही हो ।”

उनले आफूप्रति पनि केही प्रश्न भएको बताउँदै फेरि पनि महामन्त्रीका रुपमा जवाफ दिन पाइएला कि नपाइएला भनी टिप्पणी गर्दै केही विषय प्रष्ट पारेका छन् ।

“महामन्त्रीका विषयमा केही प्रश्न छन् । यसपछि यही जिम्मेवारीबाट प्रष्टीकरण दिन पाइएला कि नपाइएला !,” उनको भनाइ थियो, “म दुईपल्टसम्म सभापति शेरबहादुर देउवालाई हराउन लागेकै हो । उहाँको विपक्षमा रहनुभएकालाई जिताउन लागेकै हो ।”

 उनले पालिकाको टिकट वितरण, चुनावअघि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँगको गठबन्धन, माओवादीसँगको सहकार्य, एमालेसँगको सहकार्यमा आफूले विरोध गर्दागर्दै पनि नसकेको तर बहुमतका आधारमा मान्छु भन्दै अघि बढ्नु नै गलत भएको टिप्पणी गरे ।

“स्थानीय तहको टिकट वितरणका बेला सभापतिले मलाई साँझको समयमा बोलाउनुभयो । एउटा पालिकाको सन्दर्भमा भनेँ– यो पात्र जो आउँछ । त्यसका कारण नेपालको राजनीतिले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ रोकौँ भनेर भनेँ । उहाँले मैले बोली दिइसकेँ भन्नुभयो । भोलिपल्ट पनि नेताहरुलाई भनेँ, रोक्न सकिनँ, बुझाउन सकिनँ । मैले गल्ती गरेकै हो ।  मैले यस्तो हुन्छ भनेँ तर बहुमतको निर्णय मानेँ । मैले त्यसबेला घुँडा धसेर मान्नु हुँदैनथ्यो । मैले अडान लिनैपर्ने थियो, रोक्नैपर्ने थियो ।”

उनले निर्वाचनअघि पनि गठबन्धन गर्न नहुने भनेर आफूले पटक पटक भन्दै आएको बताए ।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...