ट्रेड युनियन नेताहरुले बुझाए डा.कोइरालालाई ज्ञापन, निर्वाचन अघि महाधिवेशन गर्न दबाब

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

57
Share
Featured
  • नेपाल ट्रेड युनियन कांग्रेसका प्रतिनिधिहरुले डा. शेखर कोइरालासँग भेट गर्दै पार्टीको १५औँ महाधिवेशन आगामी निर्वाचनअघि गर्न सुझाव दिएका छन् र निर्णय कार्यान्वयनको पहल गर्न अनुरोध गरेका छन्।
  • टोलीले आम निर्वाचनमा कांग्रेसको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न, श्रमिकलाई कार्यस्थलबाट मतदानको व्यवस्था गर्न, उद्योग र कलकारखाना बन्दजस्ता समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने लगायत १३ बुँदे ज्ञापन पत्र बुझाएको छ।
  • डा. कोइरालाले महासंघलाई धन्यवाद दिँदै निर्णय कार्यान्वयनका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् र आगामी पुसभित्र नियमित महाधिवेशन गर्न जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल ट्रेड युनियन नेपाली काँग्रेसका प्रतिनिधिहरुले कांग्रेस नेता डॉ. शेखर कोईरालासँग भेटवार्ता गरेका छन् । उनीहरुले आगामी निर्वाचन अगावै पार्टीको १५ औं महाधिवेशन गर्न सुझाव दिएका छन् । 

ट्रेड युनियन कांगे्रसको गत कार्तिक २१ र २२ गते सम्पन्न केन्द्रीय समितिको बैठकले गरेको १३ बुँदे निर्णयहरु नेता डा. कोइरालालाई बुझाउँदै कांग्रेसको चालु बैठकबाट सम्बोधन गर्दै कार्यान्वयनका लागि पहल गरिदिन आग्रह समेत गरे ।

महासंघकातर्फबाट अध्यक्ष योगेन्द्र कुँवरको टोलीले डा.कोइरालासँग भेटवार्ता गर्दै ज्ञापनपत्र बुझाएको हो । आगामी फागुन २१ गतेको घोषित आम निर्वाचनमा सबै सहभागि हुनुपर्ने र त्यसका लागि कांगे्रसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा कुँवरले जोड दिएका थिए ।

विहीबारको भेटमा टोलीले कांग्रेसले ताजा नीति तथा नेतृत्वसहित नियमित महाधिवेशन गर्दै आम निर्वाचनमा जानुपर्ने, स्वदेश तथा विदेशमा रहेका श्रमिकहरुलाई कार्यस्थलबाट नै निर्वाचनमा मतदानको लागि व्यवस्था गर्नुपर्ने, जेनजी आन्दोलन पश्चातको उद्योग कलकारखाना, पर्यटन तथा उद्योग कलकारखाना क्षेत्रका प्रतिष्ठानहरुमा प्रचलित कानुनलाई उल्लंघन गर्दै प्रतिष्ठानहरु बन्द गर्ने खालको समस्यालाई सरकारले तथा राजनीतिक दलहरुले गम्भीरताका साथ लिनुपर्नेलगायतका मागहरु पनि डा.कोइरालालाई बुझाएको थियो । 

त्यस्तै संविधानको मुलमर्म अनुसारको श्रमिकहरुको क्लष्टरलाई समेत पार्टी तथा सबै प्रकृतिका निर्वाचनहरुमा समावेश गर्नुपर्नेलगायतका १३ बुँदे निर्णित बुँदाहरु डा.कोइरालालाई हस्तान्तरण गरिएको अध्यक्ष कुँवरले जानकारी दिए । उक्त निर्णयहरु पूर्वअध्यक्ष र सल्लाहकारहरु सहितकोराष्ट्रिय समितिको बैठकले सर्वसम्मत रुपले निर्णय गरेको हो ।

ज्ञापन पत्र बुझदै नेता कोइरालाले सर्वप्रथम त एकिकृत तथा सर्वसम्मत तवरले आफनो धारणा ल्याएकोमा महासंघलाई धन्यवाद दिंदै सबै निर्णयहरु कार्यान्वयनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए । 

उनले आगामी पुसभित्र नियमित महाधिवेशन हुनुपर्नेमा जोड दिए । ज्ञापन पत्र वाचन गर्दै महासंघका महासचिव अजय कुमार राईले अहिलेको अवस्थाप्रति अत्यन्तै गम्भीर रहेको भन्दै बेरोजगारीहरुको संख्या बढेको, उद्योग कलकारखाना बन्दको अवस्थामा पुगेको, पूँजी पलायन हुने खतरा बढेकाले कांग्रेसले गम्भीर भएर काम गर्नुपर्ने औंल्याए ।

कांगे्रस भन्दा जेठो संस्थाका रुपमा क्रियाशील उक्त संगठनमा चार लाख सदस्य बढी सदस्य  छन् । ट्रेड युनियन कांगे्रसमा २७ वटा पेशाकर्मी श्रमिक संगठनहरु आवद्ध छन् । दुई दिन अगाडि महासंघले नेपाली कांगे्रसका कावा सभापति पुर्ण बहादुर खडकालाई ज्ञापन पत्र समेत बुझाई सकेको छ । 

यो समाचारमा

डॉ. शेखर कोईरालानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...