पूर्वमन्त्री सुमना श्रेष्ठको 'अवसरवादी' घोषणा,परिवर्तनको पक्षमा मौन नबस्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

19
Share
Featured
  • रास्वपाबाट अलग भएकी पूर्वमन्त्री सुमना श्रेष्ठले ‘म अवसरवादी’ शीर्षकको कविता लेखेर आफूलाई लागेको अवसरवादी आरोपको जवाफ दिएकी छन्।
  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ मा सहभागी हुने चर्चा चले पनि अन्ततः सहभागी नभएपछि उनले कविता सार्वजनिक गरेकी हुन्।
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविताबाट प्रेरित उक्त कवितामा उनले आफूलाई ‘अवसरवादी’ भनेकी छिन्, तर त्यसको अर्थ सकारात्मक रूपमा—परिवर्तन र अवसर खोज्ने व्यक्ति भनेर प्रस्तुत गरेकी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अलग भएकी पूर्वमन्त्री सुमना श्रेष्ठले आफूलाई लागेको 'अवसरवादी' आरोपको जवाफमा 'म अवसरवादी' शीर्षकको कविता लेखेकी छन्। सुरुमा कुलमान घिसिङको 'उज्यालो नेपाल पार्टी' मा आबद्ध हुने चर्चा चले पनि अन्तिममा त्यसमा नअटाएपछि उनले यो कविता सार्वजनिक गरेकी हुन्।

महाकवि को 'पागल' कविताबाट प्रेरित भएर लेखिएको यस कवितामा श्रेष्ठले आफूलाई 'अवसरवादी' स्वीकार गरेकी छन्। तर, उनको अवसरवादको परिभाषा फरक छ।

कवितामा के छ?

कवितामा सुमना श्रेष्ठले जनताको पीडामा मलम लगाउनु, अन्धकारमा आशाको बत्ती बाल्नु, न्याय र सत्यको बाटोमा हिँड्नुलाई अवसरका रूपमा लिएकी छन्। उनी सुशासन, विधिको शासन र जनताको आँसु पुछ्ने अवसरको खोजीमा रहेको बताउँछिन्।

उनले परिवर्तनको घडीमा भ्रष्टहरूको दिन आउन नदिन आफू मौन नरहने स्पष्ट पारेकी छन्। मौनतालाई स्वीकृति र अपराध दुवै मानेकी छन्।

श्रेष्ठले आफू शब्दमा नभई संकल्पको अर्थमा अवसरवादी भएको उल्लेख गरेकी छन्। देशलाई फेरि उठाउने, युवालाई आस्था दिलाउने र राजनीतिलाई जनसेवा बनाउने अवसर चाहेको उनको भनाइ छ।

यदि सेवा गर्नु अपराध हो भने त्यो अपराध स्वीकार्ने र परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने त्यो पागलपन पनि स्वीकार्ने उनले बताएकी छन्। देश निदाएको मात्रै भएको र एक दिन बिउँझने विश्वास व्यक्त गर्दै, त्यो बिहानको घामसँगै आफ्नो नाम 'अवसरवादी' करार भए पनि आफू सबैभन्दा खुसी हुने उनको कविताको सार छ।


यो समाचारमा

कुलमान घिसिङकाठमाडौँसुमना श्रेष्ठराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...