उज्यालो नेपाल पार्टीमा ‘द काउन्सिल अफ जेनजी’ का सातै संयोजकको सहभागिता रद्द

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २७, बिहिबार

16
Share
Featured
  • ‘द काउन्सिल अफ जेनजी’ का सातै प्रदेश संयोजकहरूले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा सामेल नहुने निर्णय गरेका छन्।
  • कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्वमा जेनजीको पहिचान नदेखिएकाले उनीहरू पछि हटेका हुन्।
  • संयोजकहरूले अलग्गै नयाँ दल दर्ता गर्ने तयारी गर्दै भविष्यमा सहकार्यको सम्भावना खुला राखेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कुलमान घिसिङ नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टी मा जाने तयारी गरेका ‘द काउन्सिल अफ जेनजी’ का सात प्रदेश संयोजकमध्ये सबैजना अन्तिम समयमा पछि हटेका छन्।

कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङका अनुसार पार्टीको नाम, चुनाव चिन्ह र नेतृत्वमा जेनजीको पहिचान झल्किन नसकेपछि उनीहरू सहभागी नभएका हुन्।

चाम्लिङले भने, “यदि यी कुराहरू जेनजी सिफारिसअनुसार भएका भए हामी सबै समेटिन सक्थ्यौँ।”

उनका अनुसार सुदन गुरुङ, सुमना श्रेष्ठलगायत नेताहरू पनि उक्त दलमा सहभागी भएका छैनन्। ‘द काउन्सिल अफ जेनजी’ का संयोजकहरूले अब अलग्गै दल दर्ता गर्ने र पछि सहकार्यको सम्भावना रहने बताएका छन्।

यो समाचारमा

कुलमान घिसिङसुमना श्रेष्ठसुदन गुरुङकोशी प्रदेश
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...