सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छौँ : करण केसी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

25
Share
Featured
  • नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्र र बसन्तपुर दरबार क्षेत्रमा प्रदर्शन गरेको छ।
  • टिमका कप्तान करण केसीले ट्रफी पहिलो पटक काठमाडौं आएको भए पनि जितेर अन्तिममा यही ल्याउने दाबी गरेका छन्।
  • उनले काठमाडौंका जनतालाई टिमलाई समर्थन गर्न आग्रह गर्दै फाइनलसम्म साथ दिन आग्रह गरेका छन्।
  • कप्तानले क्रिकेटमार्फत नेपाललाई चिनाउने उद्देश्यसहित ट्रफी प्रदर्शन गरिएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल प्रिमियर लिग (एनपीएल) को टिम काठमान्डू गोर्खाजले पाटन दरबार स्क्वायरकाठमाडौं दरबार स्क्वायरमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । 

बुधबार काठमान्डू गोर्खाजले उपत्यकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्र र जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो ।

सोहीक्रममा काठमान्डू गोर्खाजका कप्तान करण केसीले एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आएपनि यो ट्रफीलाई जितेर अन्तिममा पनि यही ल्याउने दाबी गरेका छन् । 

उनले काठमाडौंका जनतालाई आफ्नो टिमलाई साथ दिन आग्रह गर्दै फाइनलसम्म साथ दिए जितेर सँगै ट्रफी ल्याउने बताए । 

उनले भने, ‘यो सबै खेलकुदको कुरा हो, जसले नेपाललाई चिनाई रहेको छ । यसकारणले नै हामीले मेहेनत गरेर तपाईहरु सबैको साथले क्रिकेटको माध्यमबाट नेपाललाई चिनाउने छ । एनपीएलको ट्रफी पहिलो पटक काठमाडौं आई पुगेको छ तर अन्तिममा पनि यही नै आउने छ हामी जितेर यो ट्रफीलाई फेरि यही ल्याउने छौँ । यो ट्रफीको तपाईंहरुलाई फेरि दर्शन गराउने छु । फाइनलसम्म साथ दिनु होला जितेर सँगै ट्रफी ल्याउनुपर्छ ।’

यो समाचारमा

पाटन दरबार स्क्वायरकरण केसीनेपालक्रिकेट
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...