नेपाली कम्युनिष्टसँगको मिलनले विगतको बिछोडको घाउमा मलम लगाएको महसुस भएको छ : भीम रावल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

31
Share
Featured
  • मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीमा फर्किँदा विगतको बिछोडको घाउमा मलम लागेको महसुस भएको बताए।
  • उनले विगतमा पार्टी विभाजन र एकजनाको सत्ता स्वार्थका कारण आएका दु:ख सम्झँदै नयाँ संकल्पका साथ पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाए।
  • रावलले पार्टीले देशको स्वाधीनता बलियो बनाउने नेतृत्व गर्ने र विगतका कमीकमजोरीहरू सुधार्ने विश्वास व्यक्त गरे।
  • सभामा नेकपा प्रचण्ड, माधव नेपाल र भीम रावलले सम्बोधन गरेका थिए र सहमति पत्रमा हस्ताक्षर गरिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


मातृभूमि जागरण अभियानका संयोजक भीम रावलले नेपाली कम्युनिष्ट पार्टीसँग समाहित हुन पाउँदा विगतको बिछोडको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको बताएका छन् । 

बुधबार राष्ट्रिय सभागृहमा भएको सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरू र कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर सोही ठाउँबाट छुट्टिएर गएको स्मरण गर्दै आज त्यो घाउमा मलम लगाएको महसुस भएको बताएका हुन् । 

उनले भने, ‘कम्युनिष्ट पार्टीलाई विकृत गरेर आफ्नो निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरेर यहीँ ठाउँबाट छुट्टिएर गएको थियो । आज फर्किँएर यहाँ बस्नुभएको नेता कमरेडहरूबीच उभिएर कुरा राख्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लगाएको जस्तो महसुस भएको छ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘एक जनाको सत्ता स्वार्थ, अहंकार विरोधी राजनीतिक दलसँग मिलेर भए पनि सत्ता लिप्सामा पुगेर ढलेको त्यो नेकपाको इतिहासलाई म स्मरण गरिरहेको छु । आज फेरि नेपाली कम्युनिष्ट पार्टीलाई अगाडि बढाएर चाहे जनयुद्धको मोर्चामा होस्, चाहे जनआन्दोलनको मोर्चामा होस्, कोडिनेस केन्द्रदेखि नयाँ सङ्कल्पसहित यहाँ उभिँदा विगतलाई बिर्सिएको छु ।’

नयाँ संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उभिँदा त्यो बेलाको  विशाल दुःख र भारी मनलाई बिर्सेको उनले सुनाए । 

विगतमा जे सुकै गरेको भए पनि, पाइलाका डोबहरु जस्तोसुकै हिलोमा हामीले टेके पनि ,जस्तोसुकै काँडाले घोचे पनि अब नेपाली कम्युनिष्ट पार्टीले हाम्रो सम्भयताको इतिहासलाई जोगाउन नेतृत्व गर्ने उनको विश्वास छ । 

उनले भने,‘नयाँ संकल्पका साथ नेपाली कम्युनिष्ट पार्टीको झण्डा लिएर उभिँदा त्यो बेला विशाल दुःख र भारी मनलाई बिर्सेको छु । मलाई लाग्छ सबै भन्दा पहिले हामीले यो देशको स्वाधिन्तालाई बलियो बनाउने यो पार्टी बनाऊ । मलाई विश्वास छ । विगतमा हामीले जे सुकै गरेको भए पनि हाम्रा पाइलाका डोबहरु जस्तोसुकै हिलोमा हामीले टेके पनि ,जस्तोसुकै काँडाले घोचे पनि अब नेपाली कम्युनिष्ट पार्टीले हाम्रो सम्भयताको इतिहासलाई जोगाउन नेतृत्व गर्ने छ । हामी एकतावद्ध भएर अगाडि बढ्नेछौं ।’ 

उनले विगतका कमीकमजोरीबारे नेतृत्वपंक्तिलाई सोच्न पनि आग्रह गरे। देशको स्वाधीनतालाई बलियो बनाउन पार्टी लाग्नुपर्ने बताए।

घोषणा सभाअघि नेकपाका संयोजक प्रचण्ड र अभियानका नेता भीम रावलले औपचारिक रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

राष्ट्रिय सभागृहमा भएको सभालाई संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल र नेता रावलले सम्बोधन गरेका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीनेपाली कम्युनिष्ट पार्टीपुष्पकमल दाहाल
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...