जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

13
Share
Featured
  • जनकपुरधाममा सात दलिय गठबन्धनले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक भन्दै विरोध प्रदर्शन सुरु गरेको छ।
  • प्रदर्शनकारीहरूले मधेश भवन अगाडि सडक अवरुद्ध गरी नाराबाजी गर्दै विरोध गरिरहेका छन्।
  • हिजोको लाठीचार्जमा दर्जन बढी कार्यकर्ता घाइते भएपछि आज बिहानदेखि शान्तिपूर्ण आन्दोलन घोषणा गरिएको हो।
  • गठबन्धनमा कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा (एस) र नागरिक उन्मुक्ति पार्टी छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु भएको छ ।

मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् । 

उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । 

उनीहरुले असंवैधानिक मुख्यमन्त्री चाहिँदैन, एमालेको झोले सभामुख चाहिँदैन, जंगली मुख्यमन्त्री राजिनामा दे लगायतका नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो बेलुका मुख्मयन्त्री सरोज कुमार यादवले पदभार ग्रहण गरिरहेको बेला मधेश भवन अगाडि ७ दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध गरिरहेका थिए । सोही समयमा सुरक्षाकर्मीहरुले लाठी चार्ज गर्दा दर्जन बढी घाईते भएका थिए ।

 सो घटना पश्चात ७ दलिय गठबन्धनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आज विहान ८ः३० बजेदेखि विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएका थिए ।

७ दलिय गठबन्धनमा नेपाली काँग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), लोसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टी रहेको छ । 

यो समाचारमा

नेपाली काँग्रेससरोज कुमार यादवनागरिक उन्मुक्ति पार्टीकाठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...