तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना, बागमती प्रदेश अग्रस्थानमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २६, बुधबार

9
Share
Featured
  • पछिल्ला तीन महिनामा (साउन १ देखि असोज ३१) प्रेस स्वतन्त्रता हननका ५९ घटना दर्ज भएको प्रेस काउन्सिल नेपालले जनाएको छ।
  • तीमध्ये ३४ आक्रमण/कुटपिट, १० धम्की/दुर्व्यवहार, ८ पेसागत असुरक्षा, ५ कब्जा/अवरोध र २ नीतिगत बन्देजका घटना छन्।
  • प्रदेशगत रूपमा बागमतीमा ४४ घटना सबैभन्दा धेरै रहेका छन्, र कुल ४६ जना पत्रकार (४३ पुरुष, ३ महिला) पीडित भएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पछिल्ला तीन महिनामा प्रेस स्वतन्त्रता हननका ५९ घटना घटेको प्रेस काउन्सिल नेपालले जनाएको छ । गएको साउन १ गतेदेखि असोज ३१ गतेको अवधिमा यी घटनाहरू भएको काउन्सिलले जानकारी दिएको हो ।

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालका अनुसार, तीमध्ये सबैभन्दा धेरै आक्रमण र कुटपिटका ३४ घटना रहेका छन् । त्यसैगरी धम्की/दुर्व्यवहारका १०, पेसागत असुरक्षाका आठ, कब्जा/अवरोधका पाँच र नीतिगत बन्देजका दुई वटा घटना घटेका छन् ।

प्रदेश अनुसार सबैभन्दा धेरै बागमतीमा ४४, मधेशमा ६, लुम्बिनीमा चार, कोशीमा तीन र सुदूरपश्चिममा एक वटा घटना घटेका छन् । लैङ्गिक आधारमा यस अवधिमा भएका घटनामा ४३ पुरुष र तीन महिला गरी ४६ जना पत्रकार पीडित भएका पाइएको छ ।

यो समाचारमा

प्रेस काउन्सिल नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...