मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध

मधेश सरकार गठनविरुद्ध ७४ सांसदको हस्ताक्ष, पुगे सर्वोच्च अदालतमा रिट हाल्न दलहरू

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २५, मङ्गलबार

21
Share
Featured

जनकपुरधाम ।  मधेश प्रदेश को मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध सांसदहरूले सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरू सर्वोच्च अदालत पुगेका छन् ।  मधेश प्रदेश का ७४  सांसदको हस्ताक्षरसहित दलहरु रिट दिन सर्वोच्चमा पुगेका हुन् ।

नेपाली काँग्रेससंसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादव,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका उपनेता युवराज भट्टराईहितका नेताहरु सर्वोच्च पुगेका हुन् ।

 गत आइतबार दलहरुलाई छलेर संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । यसप्रति काँग्रेससहितका दलहरु आक्रोशित बनेका छन् ।   

यो समाचारमा

मधेश प्रदेशनेपाली काँग्रेससरोज कुमार यादवनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...