विगतमा पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भयो : किसान श्रेष्ठ

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

19
Share
Featured
  • नेकपा एमालेमा पुनः फर्किएका पूर्व सांसद किसान श्रेष्ठले पार्टी विद्रोहमा लाग्नु आफ्नो जीवनकै ठूलो भूल भएको स्वीकार गर्दै गल्ती सच्याई पार्टीमा फर्किने अभियानमा सबैलाई सामेल हुन आग्रह गरे।
  • उनले एमालेलाई केवल संगठन नभई आदर्श र राष्ट्र निर्माणको मूल प्रवाहको रूपमा व्याख्या गर्दै अब देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा केपी शर्मा ओलीको नेतृत्वमा अघि बढाउने प्रतिवद्धता जनाए।
  • सोही कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलनको नाममा भएका गतिविधिहरू सरकारविरुद्धको प्रहार भएको बताउँदै, त्यसका विपक्षमा नेकपा एमाले स्पष्ट रूपमा उभिएको दाबी गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा फर्किएका तत्कालीन सांसद किसान श्रेष्ठले विभिन्न कारणले पार्टी विद्रोहमा लाग्नु जीवनकै ठूलो भूल भएको बताएका छन् । 

सोमबार राष्ट्रिय सभा गृहमा घर फर्क अभियानमा बोल्दै श्रेष्ठले विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुन सबैमा आग्रह गरे । 

उनले भने, ‘विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ । यसर्थ, विगतमा भएका गल्ती, कमजोरीलाई सच्याउँदै पार्टीमा फर्किने अभियानमा सामेल हुनुहुन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण कमरेडलाई हामी आह्वान गर्दछौँ । यस्तो काम समयमै गर्दा स्वयं व्यक्ति, पार्टी र मुलुकका निम्ति हितकर हुन्छ ।

एमाले छोडेपछि पार्टी केवल एउटा संगठन होइन, एमाले आदर्श, दृष्टि र राष्ट्र निर्माणको मूल प्रवाह भएको आफूहरुले बुझेको बताए । 

आज केवल पार्टीमा फर्किएको मात्र नभई आदर्श, मार्ग र प्रतिबद्धता फर्काएको उनले बताए । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा ओलीको नेतृत्वमा पुनः एकताबद्ध हुने उनको भनाई छ । 

‘आज हामी केवल पार्टीमा फर्किएका हैनौँ, हामीले हाम्रो आदर्श, मार्ग र प्रतिबद्धता फर्काएका छौँ । हामीसँगै आएका र आउने क्रममा रहनुभएका साथीहरू पनि यही भावनाका प्रतिनिधि हुनुहुन्छ । अब आगामी राजनीतिमा, हामी सबै मिलेर एमालेलाई अझ सबल, आधुनिक र जनमुखी बनाउन तयार छौँ । देशलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा अघि बढाउने यात्रामा हामी सबै केपी शर्मा ओलीज्यूको नेतृत्वमा पुनः एकताबद्ध हुँदैछौँ । आज म र हामी समस्त फर्किएका साथीहरु यहाँ अत्यन्त भावुक मन लिएर उभिएका छौँ ।’

त्यस्तै सोही कार्यक्रममा बोल्दै नेकपा एमालेमा पुन फर्किएकी नेकपा एसकी नेतृ राम कुमारी झाँक्रीले जेनजी आन्दोलनको भर्सेसमा नेकपा एमाले उभिएको बताइन् । जेनजीको नाममा भइरहेको क्रियाकलाप  नितान्त सरकारविरुद्धको एउटा प्रहार भएको पनि उनको भनाई छ । 

उनले भनिन्, ‘जेनजीको नाममा जे भइरहेको थियो । त्यो नितान्त सरकारविरुद्धको एउटा प्रहार थियो । सरकारविरुद्ध थिएन भने सरकारसमक्ष माग कस्ले प्रस्तुत गरेको थियो ? जेनजी आन्दोलन युवा पुस्ताको एउटा आक्रोस थियो । त्यो सामान्य थियो । त्यसमा रोटी सेक्नको लागि सरकारका विरुद्ध जुनजुन तत्वहरु सामेल भए, आज फर्केर हेर्दा जेनजी आन्दोलन भर्सेस नेकपा एमाले त्यसको नेतृत्व एउटा उभिएको छ ।’ 

कार्यक्रममा उनले ओलीलाई राष्ट्रवादी व्यक्तित्व कमरेड भन्दै सम्बोधन गरेकी थिइन् ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)राम कुमारी झाँक्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...