युवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा आन्दोलन गराइयो : महासचिव पोखरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

13
Share
Featured
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नवयुवालाई ढाल बनाएर राष्ट्रविरुद्ध गराइएको आन्दोलनलाई “दुष्टता” भन्दै त्यसका विरुद्ध एमाले दृढ रूपमा उभिएको बताएका छन्।
  • उनले विद्यार्थीहरूलाई प्रयोग गरेर मुलुकलाई कमजोर पार्ने षड्यन्त्र भएको दाबी गर्दै २३ र २४ गतेका घटनालाई अतिरञ्जित ढंगले प्रस्तुत गरिएको बताएका छन्।
  • पोखरेलका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले देश विकासमा प्रभावकारी काम गरेको हो भने अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दलहरूलाई कमजोर पार्ने षड्यन्त्रका साथ अघि बढिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नवयुवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा जुन आन्दोलन गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले चट्टानसरी उभिएको बताएका छन् । 

सोमबार घर फर्क अभियानको घोषणा कार्यक्रममा बोल्दै उनले २३ र २४ गतेको घट्नापछि मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त्यो कुनै मुलुकको लागि सहि नभएको भन्दै राष्ट्रका विरुद्धमा जुन अपराध गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले सधैँ उभिएको बताए । 

‘२३ र २४ गतेको घट्नापछि हाम्रो मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त्यो कुनै मुलुकलाई काम थिएन भन्ने कुरा नेकपा एमाले बाहेक कसैले बुझ्न सकेन । सबै अलमल भएका छन् । हाम्रा नवयुवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा जुन अपराध गराइयो त्यो दुष्टताका विरुद्धमा चट्टानसरी उभिएको एउटै पार्टी एमाले हो ।’ उनले भने । 

त्यस्तै, उनले विद्यार्थी भाईबहिनीलाई ढाल बनाएर मुलुकलाई कमजोर पार्ने जुन षड्यन्त्र भयो त्यो बाहिर ल्याउन आवश्यक रहेको बताए । उनले बालबालिकालाई राज्यसत्ता विरुद्ध परिचालन गर्ने दृष्टिकोण लोकतन्त्र मान्यता अनुकुल हुन नसक्ने भन्दै २३ गतेको घट्नालाई अतिरञ्जीत गर्ने काम भएको दाबी गरे । 

‘विद्यार्थी भाईबहिनीलाई ढाल बनाएर मुलुकलाई कमजोर पार्ने जुन षड्यन्त्र भयो त्यो बाहिर ल्याउन आवश्यक छ । बालबालिकालाई राज्यसत्ता विरुद्ध परिचालन गर्ने दृष्टिकोण हाम्रो लोकतन्त्र मान्यता अनुकुल हुन सक्दैनथ्यो । २३ गतेको घट्नालाई अतिरञ्जीत गर्ने काम भयो ।’ उनले भने ।

साथै, नेपालको राजनीतिक इतिहासमा देशको विकासमा सबैभन्दा प्रभावकारी काम गर्ने सरकार एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको पोखरेलले बताए । 

अहिलेको अन्तरिम सरकार नियोजित रूपमा राजनीतिक दललाई कमजोर बनाउने षडयन्त्रका साथ अघि बढिरहेको उनको भनाई छ । 

पोखरलेले चुनाव हुने वातावरण छैन तर यसलाई अस्वीकार गर्न सकिँदैन भनेर अन्य दलहरूले आन्तरिक छलफलमा भन्ने गरेको भन्दै उनले आलोचना गरे । अन्य राजनीतिक दल डरकै कारण बोल्न नसकेका बताउँदै पोखरेलले यस्तो बेला बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताए । 

यो समाचारमा

शंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...