‘खोरेतमुक्त कोशी’अभियानमा विराटनगर महानगर, पशु स्वास्थ्य डिजिटल प्रणालीमा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

20
Share
Featured
  • विराटनगर महानगरपालिकाले कोशी प्रदेशलाई “खोरेतमुक्त प्रदेश” बनाउने लक्ष्यसहित डिजिटल प्रणालीमा आधारित निःशुल्क खोप अभियान सुरु गरेको छ, जसअन्तर्गत पहिलो चरणमा १६ हजार ६ सय गाई–भैंसीलाई खोप लगाइनेछ।
  • यो अभियान प्रदेश सरकार, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, र भेटनरी अस्पतालको सहकार्यमा सञ्चालन हुँदैछ, र यसले पशु स्वास्थ्यका तथ्यांकलाई डिजिटल रूपमा सुरक्षित गर्ने व्यवस्था गरेको छ।
  • इलाम पहिले नै खोरेतमुक्त घोषणा भइसकेको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरमा तयारी भइरहेको छ; यस अभियानले किसानको आर्थिक सुरक्षा र पशुपालन व्यवसायमा विश्वास बढाउने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


कोशी प्रदेशलाई निकट भविष्यमा खोरेत रोगमुक्त प्रदेश बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले डिजिटल प्रणालीमा आधारित निःशुल्क खोप अभियान सुरु गरेको छ ।

विराटनगर महानगरको आयोजना तथा प्रदेश सरकारअन्तर्गतको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहकार्यमा सुरु गरिएको यो अभियानले महानगरलाई ‘खोरेतमुक्त’ नमूना पालिका बनाउने उद्देश्य राखेको छ ।

अभियानको औपचारिक शुभारम्भ विराटनगर–१२ को बञ्जरा एग्रो फार्ममा गाईलाई खोरेतविरुद्ध खोप लगाएर गरिएको हो । कार्यक्रमको अध्यक्षता आर्थिक विकास समितिका संयोजक तथा वडा नं. १९ का अध्यक्ष श्याम घिमिरेले गरे ।

भेटनरी अस्पतालका प्रमुख डा.अजयकुमार साहका अनुसार महानगरमा रहेका २१ हजार ६ सय गाईभैंसीमध्ये पहिलो चरणमा १६ हजार ६ सयलाई खोप लगाइनेछ । खोप कार्य भ्याक्सिनेटरमार्फत गरिने र तथ्यांक डिजिटल प्रणालीमा अभिलेख राखिने व्यवस्था गरिएको उनले बताए ।

मोरङभर ३ लाख ८० हजार डोज गाई–भैंसीका लागि र ५६ हजार डोज बंगुरका लागि वितरण गरिने लक्ष्य छ । पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा अभियान विस्तार हुने बताए।

उनका अनुसार इलाम पहिले नै खोरेतमुक्त घोषणा भइसकेको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरमा तयारी तीव्र पारिएको छ ।

‘यो अभियानले पशु स्वास्थ्य मात्र सुधार्दैन, किसानको आर्थिक सुरक्षाको ढोका खोल्नेछ,’ उनले भने । 

प्रदेश सरकारका अधिकारीहरूका अनुसार यो अभियान नेपालकै पहिलो ‘डिजिटल पशु स्वास्थ्य रेकर्ड प्रणाली’मा आधारित प्रयास हो । यसले हरेक चौपायाको खोप विवरण र स्वास्थ्य इतिहास सुरक्षित गर्न सहयोग पु¥याउनेछ ।

महानगरका कृषि शाखा प्रमुख हीरा यादवले १९ वटै वडामा अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार यसबाट कृषकको आम्दानीमा स्थायित्व र पशुपालन व्यवसायमा विश्वास बढ्नेछ । कोशी प्रदेश सरकारको दीर्घकालीन योजना अनुसार, आगामी वर्षभित्र प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा ‘खोरेतमुक्त प्रदेश’ घोषणा गर्ने तयारी छ ।

यो समाचारमा

कोशी प्रदेशमोरङकाठमाडौँविराटनगर महानगरपालिका
भैंसी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...