गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो : प्रकाशमान सिंह

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

13
Share
Featured
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीमा उनको योगदान सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।
  • उनले गणेशमान सिंहलाई लोकतन्त्र र जनअधिकारका महान् योद्धा, र ६ दशक लामो सक्रिय राजनीतिक जीवन बिताउने अग्रदूतका रूपमा वर्णन गरे।
  • नेता सिंहले गणेशमान सिंहको त्याग, संघर्ष र बलिदानलाई आजको नेपाली लोकतान्त्रिक यात्राका लागि प्रेरणादायी ठानेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेश मान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।

उनले भने, ‘गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गर्नुभयो । उहाँ हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा जीवनभर लड्नुभयो ।’

नेता सिंहले गणेशमान सिंहको योगदानले नेपालमा लोकतन्त्र र प्रजातान्त्रिक मूल्य–मान्यता स्थापनामा निर्णायक भूमिका खेलेको उल्लेख गरे । उनले भने, ‘१०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य मात्र होइन, ३० वर्षको पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध पनि उहाँ अग्रपंक्तिमा रहनुभयो । उहाँले ६ दशकभन्दा लामो सक्रिय राजनीतिक जीवन बिताउनुभयो, जसमा १५ वर्षभन्दा बढी कारावास भोग्नुभयो र १५ वर्ष निर्वासनमा भारतमा रहनुप-यो ।’

नेता सिंहले गणेशमान सिंहको त्याग, संघर्ष र बलिदानलाई सबै नेपालीले आदर्शका रूपमा लिनुपर्ने बताए । उनले गणेशमान सिंहको जीवन र विचार आज पनि नेपालको लोकतान्त्रिक यात्राका लागि प्रेरणादायी रहेको बताए ।

यो समाचारमा

प्रकाशमान सिंहगणेश मान सिंहकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...