बेमौसमी वर्षाबाट धानबालीमा क्षति भएपछि क्षतिपूर्तिको मागसहित हेटौंडामा राष्ट्रिय किसान सञ्जालको र्‍याली

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २४, सोमबार

17
Share
Featured
  • बेमौसमी वर्षाले धानबालीमा भएको क्षतिपूर्तिको माग गर्दै राष्ट्रिय किसान सञ्जालले हेटौंडामा आयोजना गरेको दबाबमूलक कार्यक्रम ¥यालीसहित सम्पन्न भएको छ।
  • किसानहरूले तत्काल राहत, भूमिहिनलाई लालपुर्जा वितरण, र सहकारी–दुग्ध संस्थाबाट बाँकी रकम भुक्तानीको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।
  • किसान नेताहरूले सरकार किसानप्रति जिम्मेवार नदेखिएको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


बेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति पुगेपछि क्षतिपूर्ति र किसानका दीर्घकालीन माग सम्बोधनको लागि राष्ट्रिय किसान संजालद्वारा आयोजना गरिएको दबाबमूलक कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सो कार्यक्रम हेटौंडाको स्कुलरोडबाट सुरु भई बुद्धचोकसम्म र्‍याली निकालेर टुंगिएको थियो ।

कार्यक्रममा सहभागी किसानहरूले तत्काल पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा स्थायी समस्या समाधानका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

राष्ट्रिय किसान संजालका अनुसार बेमौसमी वर्षाले प्रदेशभरका किसानको धानबालीमा ठूलो क्षति पु¥याएको छ । क्षतिको विवरण संकलन गरी तत्काल क्षतिपूर्ति उपलब्ध गराउन संगठनले सरकारसमक्ष बलियो माग राखेको छ ।

साथै भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा नापजाँच गरी लालपूर्जा वितरण प्रक्रियालाई गतिशील बनाउन भूमि आयोगलाई सक्रिय बनाउनु पर्ने माग पनि प्रमुख रूपमा प्रस्तुत गरिएको थियो ।

किसानले सहकारी तथा दुग्ध संस्थालाई बिक्री गरेको तर अझै भुक्तानी नपाएको दुग्धको बाँकी रकम तत्काल भुक्तानी गराउन सरकारलाई दवाब दिन पनि यो कार्यक्रम आयोजित गरिएको आयोजकले बताए ।

कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामसरण आलेले सरकार किसान प्रतिको दायित्वबाट विमुख देखिएको उल्लेख गर्दै किसानको जीवन र उत्पादनको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्ने बताए । 

उनले हरेक वर्ष हुने प्राकृतिक विपत्तिले किसानलाई दयनीय बनाइरहेको र राहत वितरण प्रक्रियामा पनि ढिलाइ भइरहेकाले अब किसान आन्दोलन अपरिहार्य बनेको बताए ।

त्यसैगरी कार्यक्रममा किसान महासंघका नेताहरू एकराज उप्रेती, विष्णु दंगाललगायतले किसानका माग परिपूर्ति नभएसम्म दबाब कार्यक्रम जारी रहने चेतावनी दिएका थिए । -यालीमा स्थानीय किसान, किसान सञ्जालका प्रतिनिधि तथा विभिन्न किसान संगठनका नेतृत्वकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

यो समाचारमा

हेटौंडाकाठमाडौँबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...