
काठमाडौँबेमौसमी वर्षाबाट धानबालीमा ठूलो क्षति पुगेपछि क्षतिपूर्ति र किसानका दीर्घकालीन माग सम्बोधनको लागि राष्ट्रिय किसान संजालद्वारा आयोजना गरिएको दबाबमूलक कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित सो कार्यक्रम हेटौंडाको स्कुलरोडबाट सुरु भई बुद्धचोकसम्म र्याली निकालेर टुंगिएको थियो ।कार्यक्रममा सहभागी किसानहरूले तत्काल पीडित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन...