सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामा ल्याएरै छाड्ने युवा संघको चेतावनी

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

22
Share
Featured
  • नेकपा एमाले निकट राष्ट्रिय युवा संघले देश बचाउने अभियान सुरु गरेको र देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी दिएको छ।
  • अध्यक्ष क्षितिज थेबेले ०४६ सालपछिका सम्पत्ति छानबिन गर्न एमाले सधैं तयार रहेको र भ्रष्टाचारविरुद्धको नारा एमालेबाटै उठेको दाबी गरेका छन्।
  • प्रवक्ता निरोज पौडेलले बालेन शाह र सुदन गुरुङ्गले सिंहदरबार र संसद भवन जलाएको आरोप लगाउँदै भविष्यमा कानूनी कारवाही हुने चेतावनी दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघका नेताहरुले देश बचाउने अभियान सुरु गरेको उल्लेख गर्दै देश जलाउनेहरुसँग सहकार्य नगर्ने चेतावनी समेत दिएका छन् ।

राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले यतिवेला युवा संघले धेरै एजेन्डामध्ये देशको वर्तमान परिस्थितिलाई समीक्षा गर्ने र नयाँ ढंगले अगाडि बढ्न योजनाहरु बनाइरहेको सुनाए ।

अध्यक्ष थेवेले पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू पनि सँगै लिएर अगाडि बढ्ने पनि बताए । 

नेपाल न्यूज बैकंसँगको कुराकानीमा एमालेका ऐजेण्डाहरु अनुसार देश बचाउनका लागि आफूहरु केन्द्रीत रहेको बताए । उनले देश जलाउनेहरूलाई आफुहरु नसमेट्ने पनि बताए । 

‘युवा संघसँग धेरै एजेन्डाहरु छन् । तर देशको वर्तमान परिस्थितिलाई समीक्षा गरेर नयाँ ढंगले अगाडि बढ्दैछौं ।  पार्टीको महाधिवेशन केन्द्रित अभियानहरू लिएर अगाडि बढिरहेका छौं ।  एमालेले देश बचाउनेको रक्षा गरेर हिडेको छ र देश बचाउनेको नेतृत्व गरेको छ । देश जलाउनेहरूलाई हामी समेट्नेवाला छैनौँ । देश बचाउने सम्पूर्ण जेन्जीहरूलाई समेटेर अभियान लिएर अगाडि बढेका छौँ,’ उनले भने  । 

उनले ४६ साल पछिको राजनीतिक परिवर्तनपछि महत्त्वपूर्ण जिम्मेवारीमा बसेका सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । उनले ०४६ सालपछिको सम्पत्ति छानबिन गर्न एमाले सधैँ तयार रहेको बताए । अध्यक्ष थेबेले देश साँच्चै बनाउने हो भने ०४६ पछिको सबैको सम्पत्ति छानबिन गर्न आग्रह गरे । 

उनले भ्रष्टचार विरुद्धको नारा सबैभन्दा पहिला एमालेले उठाएको भन्दै जेनजीको माग पनि आफुहरुबाटै उठ्न सुरु गरेको दावी गरे । 

उनले लुसिफर दलालहरूले देश खरानी बनाउने प्रयत्न गरेको बताए । भदौ २४ गते देश बचेको भएपनि त्यसपछि पनि आन्दोलन लम्बाएर देश जलाउने प्रयत्न भएको बताए ।

त्यस्तै नेकपा एमालेका केद्रीय सदस्य राजिव पहारीले एमालेले संसद पुनःस्थापनाको निम्ति आन्दोलनलाई अगाडि बढाउने जन दबाब सिर्जना गर्ने बताए । 

‘अहिले नेकपा एमालेले संसदको पुनःस्थापनाको निम्ति आन्दोलनलाई र जनदबाबलाई अगाडि बढाउने र पार्टीलाई पुनः व्यवस्थित गर्नको निम्ति महाधिवेशनलाई अगाडि लैजाने सोचमा छ । योजनामा छ । त्यही ढंगबाट अगाडि बढेका छौँ,’ उनले भने ।

त्यस्तै राष्ट्रिय युवा संघका प्रवक्ता निरोज पौडेलले बालेन्द्र शाह (बालेन)सुदन गुरुङले नै सिंहदरवारदेखि नेपालको सार्वजनिक सम्पत्ति जलाएर नाश गरेको आरोप लगाए ।

बालेन र सुदनलाई वर्तमान सरकारले कारवाही नगरेतापनि भोलिको दिनमा आउने दलीय सरकारले नछाड्ने चेतावनी दिए । 

‘हामीले खुल्लम खुल्ला भनिरहेका छौँ–बालेन, सुदनहरूले नै सिंहदरबार, संसद भवन शीतल निवास जलाएका हुन् । यिनीहरूलाई आज सरकारले त कारबाही गर्दैन् । तर भोलिको दिनमा दलीय सरकारले कारवाही गर्छ नै । यदी चुनाव भयो भने दलै आउने हो । त्यसबेला उनीहरु कहीं भाग्न सक्दैनन् ।’

उनले यतिबेला बालेन र सुदन खुल्ला रुपमा हिँडेपनि भोलिका दिनमा कानूनी कठघरामा उभ्याएरै चेतावनी दिए । 

यो समाचारमा

काठमाडौँनेपालनेपाल कम्युनिष्ट पार्टी (एमाले)सुदन गुरुङ
शीतल निवास6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...