ओलीको प्रधानमन्त्री कार्कीलाई जेन-जी बहिनीको संज्ञा,आक्रोश पोख्दै भने- हिजो जसले देश जलाए, आज उनैले चलाउँदैछन्

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

20
Share
Featured

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीलाई ‘जेन-जी बहिनी’ भनेका छन् ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकलाई आइतबार सम्बोधन गर्दै उनले आन्दोलन र शान्तिपूर्ण प्रदर्शनका लागि कसैको अनुमति नचाहिने बताएका छन् ।

उनले प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै जेन-जी बहिनीको संज्ञा दिए । ‘जेन-जी बहिनी हुनुहुन्छ कि दिदी हुनुहुन्छ, तर सडकमा उत्रिन कसैको स्वीकृति चाहिँदैन’, उनले भने ।

ओलीले सरकार र प्रशासनमाथि कटाक्ष गर्दै अहिले केहीले संविधान र कानुनलाई बेवास्ता गरेर निर्णय लिइरहेको बताए ।

‘सडकमा उत्रिन कसैको स्वीकृति चाहिँदैन । जसले देश जलाए, अहिले उनै देश चलाइरहेका छन्’, उनले भने, ‘हामी विरोध गर्छौँ तर आगो लगाउन सडकमा जाँदैनौँ; शान्तिपूर्ण प्रदर्शन हाम्रो हक हो।’
उनले अन्तरिम सरकार र प्रशासनलाई कुनै विरोध र आन्दोलन अनुमति लिएर नहुने पनि बताए। ‘प्रशासनलाई आन्दोलन इजाजत लिएर मात्रै हुने भन्ने नियम हुँदैन, यदि स्वीकृति नदिइयो भने आफैं सडकमा उत्रिन्छौँ’, उनले भने, ‘संविधानमाथि प्रजिअको आदेश हुँदैन । संविधानभन्दा माथि कोही हुनसक्दैन।’

ओलीले केहीले विरोधलाई हिंसात्मक बनाउने काम गरिरहेको दाबी गर्दै त्यस्ता गतिविधि र काल्पनिक प्रचारप्रति सचेत हुन सबैलाई आग्रह गरे।

 


यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीसुशीला कार्कीनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...