निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार १७:३१

14
Share
Featured
  • राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले चुनावको वातावरण बनाउन समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन्।
  • उनले सरकारलाई छिटो कदम चाल्न र निर्वाचन सहज बनाउन निर्देशनात्मक अनुरोध गरेको उल्लेख गरेका छन्।
  • दाहालका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा कुनै दुविधा छैन र सभा खारेज होइन, सक्रिय रूपमा काम गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । 

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक तरिकाले अनुरोध गरेको भन्दै चुनाव हुन्छ नै त्यसको लागि सहज वातावरण बनाउन छलफल गरेर जाँदा राम्रो हुने बताए । 

उनले भने, ‘अर्को चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशन नै दिइएको छ । यसमा सरकारको ध्यान जानुपर्छ निर्वाचनको वातावरण बनेको छैन् । अलि असहज छ । मुख्य सुरक्षाको कुरा आएको छ यसको बारेमा सरकारले छिटोभन्दा छिटो यसमा काम गर्नुपर्छ भन्ने खालको निर्देशनात्मक तरिकाले अनुरोध गरेका छौं । त्यसकारण चुनाव हुन्छ नै भनौ । त्यसका लागि कुन ठाँउमा समस्या छ त्यसलाई समाधान गर्ने, सचेत गराउने र सरकारलाई झकझकाउने विषयमा छलफल गरेर जाँदा राम्रो हुन्छ ।’

यस्तै, उनले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि सरकार तयार भइसकेको भन्दै निर्वाचन हुन्छ नै त्यसमा दुविधा नरहेको बताए । 

उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको बारेमा सरकार तयार भइसकेको छ । धेरैसँग छलफल भएर नै त्यो निर्णय भएको हो । निर्वाचन हुन्छ नै त्यसमा दुविधा छैन्, जटिल पनि छैन् ।’

राष्ट्रिय सभालाई खारेज गर्नुपर्ने कुराहरु पनि उठिरहेको अवस्थामा राष्ट्रिय सभा राम्रो छ र यसले काम पनि गर्छ भन्ने कुरा पनि देखाउन जरुरी रहेको उनको भनाइ छ । 

यो समाचारमा

नारायण प्रसाद दाहालराष्ट्रिय सभाकाठमाडौँ

ट्यागहरू

#नारायण प्रसाद दाहाल#आगामी निर्वाचन#राष्ट्रिय सभा#निर्वाचन आयोग#निर्वाचन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू