‘जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

16
Share
Featured

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन् ।

आइतबार नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्याएको विशेष प्याकेजको शुभारम्भ गर्दै मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन र बदलिँदो प्रविधिक परिवेशले अहिलेको सरकार र नीतिलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उल्लेख गरे ।

उनले भने, ‘देश र जनताको लागि केही नयाँ गर्न सकूँ भन्ने चाहना मनमा सँधै रहन्छ । जेनजी जनआन्दोलनको जगमा बनेको यो सरकारलाई थाहा छ अघिल्लो सरकार किन रहन सकेन भनेर । सामाजिक सञ्जाल बन्द भएपछि जसरी देशभर प्रदर्शन भयो, त्यसपछि बनेको सरकार यो हो ।’

सञ्चार क्षेत्रलाई आधुनिक परिवर्तनको मेरुदण्डको रूपमा चित्रण गर्दै मन्त्री खरेलले अबको संसार सञ्चारबिना कल्पना गर्न नसकिने बताए ।

उनले भने, ‘अबको संसार सञ्चारबिना कल्पना गर्न सकिँदैन । इन्टरनेट अहिले सबैका लागि श्वास फेर्ने जस्तै आवश्यकता बनेको छ । विशेषगरी विद्यार्थीका लागि त यो अत्यावश्यक भइसकेको छ ।’

उनले सरकारले विद्यार्थी र युवा पुस्तालाई लक्षित गरी डिजिटल पहुँच बढाउने तथा इन्टरनेट सेवा सुलभ र सर्वसुलभ बनाउन नीति निर्माणमा प्राथमिकता दिने समेत बताए ।

उनले भने, ‘साच्चिकै भन्ने हो भने सञ्चार क्षेत्रबिना अब बद्लिँदो परिवेश कल्पना गर्नै सक्दैनौं । जेनजी आन्दोलनको जगमा बनेको यो सरकार जेनजीको लागि र  विद्यार्थीको लागि के दिनु हुन्छ त ? आज लाखौं विद्यार्थीहरु जो काठमाडौं लगायतका विभिन्न सहरी क्षेत्रमा अथवा जिल्लास्थित सदरमुकामहरुमा अथवा आफ्नै  घरमा जो जसरी बसिरहेका छन् उनीहरुको लागि इन्टरनेटको सुविधा श्वास फेर्नु सरह छ ।  हामी  जसरी श्वास फेर्छौं त्यस्तै गरेर सबैका लागि त्यो इन्टरनेटको सुविधा श्वास फेर्नु सरह त छँदैछ त्यसमाथि पनि विद्यार्थीको लागि साह्ै महत्वपूर्ण  छ ।

कार्यक्रममा नेपाल टेलिकमका अधिकारीहरूले विद्यार्थीहरूका लागि नयाँ इन्टरनेट प्याकेजको विवरण प्रस्तुत गर्दै उक्त योजनाले शिक्षामा प्रविधिको प्रयोग र डिजिटल पहुँच विस्तारमा सहयोग पु-याउने विश्वास व्यक्त गरेका छन् ।


यो समाचारमा

जगदीश खरेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...