आलमको निधनप्रति रौतहटका दुई पालिकामा शोक बिदा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

22
Share
Featured
  • रौतहटका राजपुर र परोहा नगरपालिकाले पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति शोक व्यक्त गर्दै शोक बिदा दिएको छ।
  • आलमको निधनपछि अस्पतालको आकस्मिक सेवा बाहेक सबै कार्यालय र शैक्षिक संस्था बन्द हुने व्यवस्था गरिएको छ।
  • नेपाली काँग्रेसले पनि मंगलबारसम्म आफ्ना सबै कार्यक्रम स्थगित गर्दै झन्डा आधा झुकाउने निर्णय गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति रौतहटका दुई पालिकाले शोक बिदा दिएका छन् । राजपुर फरहदवा नगरपालिकापरोहा नगरपालिकाले विज्ञप्ती जारी गर्दै शोक बिदा दिएका हुन् ।

पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै परोहा नगरपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले बताए । उनका अनुसार अस्पतालको आकस्मिक सेवा बाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द रहने छ । 

राजपुर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा ‘यस राजपुर नगरपालिकाको नगर प्रमुख डा. मोहम्मद राजीक आलमज्यूको बुवा आदरणीय मोहम्मद अफताब आलमज्यूको असामयिक निधन प्रति नगरपालिका परिवार गहिरो शोक संवेदना व्यक्त गर्दै शोक बिदा दिइएको ब्यहोरा उल्लेख छ ।’

आलमका दुई छोरा र एक छोरी छन् । जेठो डा. फिरदोस र कान्छो डा. राजिक अहिले राजपुर नगरपालिकाका नगर प्रमुख छन् । यस अघि ईशनाथ नगरपालिकाले शोकमा आज सार्वजनिक बिदा दिएको हो । 

जिल्लाका तीन स्थानीय तहले आज (आइतबार) शोक बिदा दिएका छन् । काठमाडौंस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचाररत आलमको शनिवार बिहान निधन भएको थियो । 

आलमको निधनप्रति शोक व्यक्त गर्दै नेपाली काँग्रेसले पनि मंगलबारसम्मका लागि आफ्नो सबै कार्यक्रमहरू स्थगित गर्दै झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

यो समाचारमा

परोहा नगरपालिकानेपाली काँग्रेसराजपुर फरहदवा नगरपालिकारौतहट
ईशनाथ नगरपालिका6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...