मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

9
Share
Featured
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको र अब आफू ‘सरकारवादी’ बनेको महशुस भएको बताएका छन् ।
  • उनले मन्त्री बनेपछि आलोचना र दूरी अनुभव गर्न थालेको बताउँदै, पहिला सबैको साथ र प्रशंसा पाउँथे तर अहिले राजनीतिक भूमिकाले सीमित बनाएको बताए ।
  • खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता जरुरी रहेको भन्दै, राजनीति प्रवेश गर्दा त्यसका चुनौतीहरू र जिम्मेवारीहरू बुझ्न तयार हुनुपर्ने धारणा व्यक्त गरे ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् ।

आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् ।

मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महशुस गरेको छु ।’

उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए । कार्यक्रममा मन्त्री खरेलले व्यक्तिको आत्मपहिचान र भूमिकाप्रतिको स्पष्टता आवश्यक रहेको पनि बताए । 

उनले भने, ‘जब मैंले राजनीतिमा पाइला राखें, त्यतिबेला नै म तयार थिएँ, अब म सरकारमा जाँदैछु । मैंले सोचे जस्तो संसार मात्रै होइन, त्यो संसारभित्र म प्रवेश गर्दै छु भन्ने बुझिसकेको थिएँ । हामीमा ठूलो समस्या के छ भने हामी को हौं र के हुँ भन्ने कुरा रिलाइज गरेका छैनौं । त्यसैले हामी बढी दुःखी हुन्छौं । पहिला म को हुँ र मेरो भूमिका के हो भन्ने कुरा बुझ्न जरुरी छ ।’

यो समाचारमा

काठमाडौँजगदीश खरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...