केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार ११:२९

17
Share1
Featured
  • नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अब सम्मानपूर्वक नेतृत्वबाट विश्राम लिएर अभिभावकको भूमिका निभाउन सुझाव दिएका छन् । उनले ओलीको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई अवसर दिने समय आएको बताएका छन् ।
  • थापाका अनुसार ओलीले पार्टी र देश दुवैको नेतृत्व पर्याप्त रूपमा गरिसकेकाले अहिले नयाँ पुस्ताको मार्गदर्शन र आन्तरिक लोकतन्त्रको सुदृढीकरणमा जोड दिनु आवश्यक छ । उनले ओलीको सर्वसत्तावादी प्रवृत्तिले पार्टीको लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाएको आरोप पनि लगाए ।
  • उनले विद्या भण्डारीको सदस्यता विवादलाई ‘विधानविपरीत निर्णय’ भन्दै आलोचना गरे र पार्टीलाई पुनः जनताको विश्वास जित्ने, योग्य कार्यकर्ताको कदर हुने, लोकतान्त्रिक र अनुशासित संगठनका रूपमा पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याए ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् । 

नेपाल न्यूज बैंकको विशेष कुराकानीमा थापाले पार्टी अध्यक्ष ओलीले अब सम्मानपूर्वक विश्राम लिनुपर्ने स्पष्ट धारणा राखेका हुन् । 

‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ । यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ । हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ ।’

थापाका अनुसार, ओलीले दुईपटक पार्टीको अध्यक्ष र चारपटक देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उहाँ अहिले ७४ वर्ष पुगिसक्नुभएकाले नेतृत्वबाट विश्राम लिनु नै उपयुक्त हुन्छ । 

‘अब उहाँले प्रतिस्पर्धामा उत्रिनुभन्दा पनि अनुभव र ज्ञानको आधारमा नयाँ पुस्तालाई मार्गदर्शन गर्नु नै पार्टी र उहाँको व्यक्तित्व दुवैका लागि उचित हुनेछ,’ थापाले भने ।

ओलीको योगदानको सम्मान, तर अब नयाँ युगको सुरुवात आवश्यक रहेको औंल्याउँदै थापाले ओलीको योगदानको प्रशंसा गरे । उनले भने,‘उहाँको राजनीतिक जीवन, संघर्ष र उपलब्धिहरूको हामी सम्मान गर्छौं । उहाँले जनताको बहुदलीय जनवादका सिद्धान्तहरूलाई व्याख्या गर्नुभयो, संगठनलाई सुदृढ बनाउनुभयो । तर अहिले उहाँ पार्टी जीवनको आन्तरिक लोकतान्त्रिक मूल्य र मान्यताबाट विमुख हुनुभयो । यो कुरा दुखद छ ।’

थापाका अनुसार, ओलीले अहिले पार्टीलाई सर्वसत्तावादी ढङ्गले सञ्चालन गर्ने प्रवृत्ति देखाएका छन् । ‘उहाँ आफैंलाई केन्द्रमा राखेर अरूका विचारलाई स्थान नदिने बाटोमा लाग्नुभयो । यस्तो प्रवृत्तिले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउँछ, र पार्टीको सान्दर्भिकता नै घटाउँछ,’ उनले भने । 

कम्युनिस्ट आन्दोलनका ऐतिहासिक नेताहरूको उदाहरण थापाले नेपाली कम्युनिस्ट आन्दोलनका चार प्रमुख नेताहरूको सन्दर्भ दिँदै भने,‘नेपालका कम्युनिस्ट आन्दोलनका चार उचाइमा रहेका व्यक्ति हुन्—पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी र केपी ओली । पुष्पलाल पार्टीका संस्थापक भएकाले महान् नेता हुन । मनमोहन अधिकारी त्याग र सरल स्वभावका कारण नेता हुन् । मदन भण्डारी विचारका नेता हुन्, जसले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याए । र केपी ओली पार्टी सञ्चालनको विधि र लोकतान्त्रिकीकरणका पक्षधर नेता हुन् ।’

तर उनले जोड दिए,‘जब कुनै नेताले आफ्नै मूल विशेषता त्याग्छ, त्यही बेला उहाँको सान्दर्भिकता सकिन्छ । ओलीजीले अहिले आफ्नै विशेषता लोकतान्त्रिक नेतृत्व र सामूहिक निर्णयको संस्कृति त्याग्नुभएको छ ।’

उनले नयाँ नेतृत्व सम्भव छ, प्रतिस्पर्धा आवश्यक छ थापाले ओलीको विकल्प सम्भव भएको दाबी गरे । ‘कुनैबेला ओलीजीको अध्यक्ष बन्ने कुरा असम्भव जस्तो लाग्थ्यो तर त्यो सम्भव भयो । अहिले पनि नयाँ नेतृत्व सम्भव छ । हामी विकल्प दिन्छौं र पार्टीलाई जनताको बहुदलीय जनवादको मान्यताअनुसार अगाडि बढाउँछौं,’ उनले भने । 

एमालेभित्र संस्थापन र विस्थापनजस्ता प्रवृत्तिहरू हटाउनुपर्छ । पार्टीमा सबैको सम्मान हुने, कार्यकर्ताहरू सार्वभौम हुने वातावरण बनाउनुपर्छ । नेतृत्व परिवर्तन सहज ढङ्गले हुन सक्छ भन्ने विश्वासका साथ अघि बढेको थापाको भनाई छ । 

विद्या देवी भण्डारीको सदस्यता विवादबारे उनले टिप्पणी गर्दै पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवादबारे थापाले पार्टीको निर्णयलाई ‘विधानविपरीत’ भने ।

‘पार्टी विधानको धारा ९ अनुसार, कुनै विशेष जिम्मेवारीमा पठाइएको व्यक्तिको सदस्यता स्थगनको अवस्थामा रहन्छ र फर्किएपछि स्वतः सक्रिय हुन्छ । त्यसैले विद्या भण्डारीको सदस्यता नवीकरण मिलेन भन्ने निर्णय गलत छ,’ उनले भने । 

‘एमालेजस्तो लोकतान्त्रिक पार्टीले विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिनु गलत निर्णय हो । यस्तो निर्णयले पार्टीमाथि धब्बा लगाएको छ र लोकतान्त्रिक मूल्यमा प्रहार गरेको छ,’ थापाले भने । 

थापाले एमालेलाई फेरि जनताको आशा र विश्वासको पार्टी बनाउने आवश्यकता औंल्याए ।

‘एमाले कहिले यस्तो पार्टी थियो जहाँ असल, योग्य र सक्षम कार्यकर्ताहरूको कदर हुन्थ्यो । असल मान्छे जिम्मेवारी पाउँथे, गल्ती गर्नेहरूलाई कारबाही हुन्थ्यो । अहिले त्यो प्रणाली कमजोर भएको छ । हामी फेरि त्यही गौरव फर्काउने प्रयासमा छौं,’ उनले भने । 

उनले आत्मसमिक्षा पनि गर्दै ‘हामीले सत्तामा रहँदा केही कमजोरी गरेका हौँ, केही गल्ती पनि भएका छन् । ती गल्ती दोहोर्याउँदैनौँ । जनतासँग माफी मागेर हामी फेरि जनविश्वास आर्जन गर्नेछौं ।’ थापाले अन्त्यमा भने,जनताको विश्वास नै सबैभन्दा ठूलो शक्ति हो ।

‘राजनीतिक पार्टीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास हो । आज सत्ता, पद र व्यक्तिगत स्वार्थले राजनीति प्रभावित हुन थालेको छ, तर वास्तविक शक्ति जनताको भरोसामा निहित छ,’ उनको भनाइ छ । 

‘राणाकालदेखि पञ्चायतसम्मका कठिन समयमा पनि मानिसहरू पदका लागि होइन, विचारका लागि कम्युनिस्ट आन्दोलनमा लाग्थे । त्यही भावना पुनः जगाउने बेला आएको छ । एमाले फेरि त्यस्तो पार्टी बन्नुपर्छ जसले जनताको भावना, सपना र आशा पूरा गर्न सकोस्,’ उनले भने । 

‘हामी यस्तो पार्टी चाहन्छौं जसले न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर नेपाल निर्माण गर्न सकोस् । एमाले फेरि त्यही जनताको विश्वासमा आधारित, सुदृढ र अनुशासित पार्टी बन्नुपर्छ,’ उनले भने । 

यो समाचारमा

विद्या देवी भण्डारीखड्गप्रसाद शर्मा ओलीमदन भण्डारीकाठमाडौँ
मनमोहन अधिकारी5 more

ट्यागहरू

#कर्ण थापा#कम्युनिस्ट आन्दोलन#नेकपा एमाले#केपी शर्मा ओली#राणाकाल#न्यायपूर्ण#विश्राम#पञ्चायतसम्म#प्रधानमन्त्री#पूर्वराष्ट्रपति#विद्या भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू