नवगठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देशसभा गर्ने

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

10
Share
Featured
  • नवगठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देशसभा गर्ने निर्णय गरेको छ।
  • पार्टी संयोजक प्रचण्डको अध्यक्षतामा पेरिसडाँडामा बसेको बैठकले निर्वाचन तयारी कार्यक्रम व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।
  • बैठकले पार्टीका जनवर्गीय संगठन, मोर्चा र सहायक संगठनहरूलाई सम्बन्धित तहको पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवगठित नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देशसभा गर्ने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। नेपाली कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सहित ९ घटक मिलेर बनेको हो।

यो समाचारमा

काठमाडौँपुष्पकमल दाहालनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...