घनश्याम भुसाल बने एकीकृत समाजवादीको संयोजक

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

16
Share
Featured
  • एकीकृत समाजवादीको भर्चुअल बैठकले घनश्याम भुसाललाई पार्टीको संयोजक तोकेको छ।
  • अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग एकता गरेपछि असन्तुष्ट भुसालले पार्टी पुनर्गठनको घोषणा गरेका थिए।
  • बैठकले अन्य पार्टीसँग वार्ताको जिम्मा भुसाललाई दिँदै मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

एकीकृत समाजवादीले घनश्याम भुसाललाई पार्टीको संयोजक बनाएको छ। शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरूको 'भर्चुअल' बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भुसाललाई संयोजक तोकेको हो।

अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)सँग एकता गरेपछि विमति जनाउँदै भुसालले पार्टी पुनर्गठन गर्ने बताएका थिए। बैठकले विभिन्न पार्टीसँग वार्ता गर्ने जिम्मा भुसाललाई दिएको छ। यसैगरी, मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...