सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजा खाएरै सकियो झन्डै १७ लाख

Author

सजिलो पत्रिका

२०८२ कात्तिक २३, आइतबार

12
Share
Featured

  • सर्लाहीको कोडैना गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा खाना र खाजामा झन्डै रु. १७ लाख खर्च गरेको महालेखा परीक्षकको ६२औं प्रतिवेदनले खुलासा गरेको छ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट अनुमान आन्तरिक आयको सीमा भित्र र औचित्यका आधारमा खर्च गर्नुपर्ने भए पनि गाउँपालिकाले यस प्रावधान उल्लङ्घन गरेको छ।
  • प्रतिवेदन अनुसार पालिकाले खाना खर्चमा रु. १० लाख र वडा स्तरमा खाजा र खानामा रु. ६ लाख ९६ हजार खर्च गरेको छ, तर त्यसको प्रयोग प्रमाणित गर्ने कागजात संलग्न छैन।
  • महालेखा नियन्त्रक कार्यालयका नियम अनुसार ‘विविध खर्च’ शीर्षकमा केवल मनोरञ्जन, अतिथि सत्कार, सुरक्षा र प्रतिनिधिमण्डल स्वागतमा खर्च गर्न सकिने भए पनि कोडैनामा अत्यधिक र असंगत खर्च भएको देखिएको छ।
समाचार सारांशGenerated using AI.


सर्लाहीको कोडैना गाउँपालिकामा खाना र खाजाको नाममा झन्डै सत्र लाख रुपैयाँ खर्च भएको खुलासा भएको छ । 

महालेखा परीक्षकको ६२औं प्रतिवेदनले पालिकाले आर्थिक वर्ष २०८०-०८१ मा विविध खर्च शीर्षकमा अत्यधिक रकम खर्च गरी वित्तीय अनुशासन उल्लङ्घन गरेको पाइएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, महालेखा परीक्षकको प्रतिवेदनअनुसार कोडैना गाउँपालिकाले सो प्रावधान उल्लंघन गर्दै ‘विविध खर्च’ शीर्षकमा रु. १६ लाख ९६ हजार खर्च गरेको उल्लेख छ।

प्रतिवेदनका अनुसार गाउँपालिकाले पालिकातर्फ खाना, खाजामा रु. १० लाख, र वडा स्तरमा खाजा र खानामा रु. ६ लाख ९६ हजार खर्च गरेको छ। तर, सो रकम कहाँ, कसरी र कुन प्रयोजनका लागि प्रयोग भयो भन्ने पुष्टि गर्ने कुनै प्रमाण कागजात संलग्न नगरिएको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख छ।

महालेखा नियन्त्रक कार्यालयले जारी गरेको वर्गीकरण र व्याख्या २०७४ अनुसार ‘विविध खर्च’ शीर्षकमा केवल मनोरञ्जन, अतिथि सत्कार, सुरक्षा, प्रतिनिधिमण्डल स्वागत जस्ता सीमित खर्च मात्र गर्न सकिने व्यवस्था छ। तर, कोडैनामा सो प्रावधानको मर्म विपरीत अत्यधिक खर्च भएको देखिएको छ।

यो समाचारमा

सर्लाहीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...